दैलेखका ऐतिहासिक फोटो प्रदर्शनी (फोटोफिचर)

दैलेखका ऐतिहासिक फोटो प्रदर्शनी (फोटोफिचर)

दैलेख कात्तिक १२ ।
धार्मीक, साँस्कृतिक, पुरातात्विक, ऐतिहासिक तथा पर्यटकिय सम्पदाले दैलेख जिल्ला भरिपूर्ण छ । यति मात्र नभई भाषा, कला, साहित्य, मानोरम दृष्य, ताल, गुफा तथा जैविक विविधताले कर्णालीका १० जिल्लाहरु महत्वपूर्ण मानिन्छ । दैलेख लगाएत समग्र कर्णाली प्रदेशको यिनै पहिचानलाई उजागर गर्नका लागि जिल्ला प्रशासन कार्यालय दैलेखमा फोटो प्रदर्शनी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखको आयोजना, दैलेख उद्योग बाणिज्य संघ दैलेख, दुल्लु नगरपालिका र गुराँस गाउँपालिकाले सौजन्यमा फोटो प्रदर्शनी गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले बताउनुभयो । फोटो पत्रकार भरतबन्धु थापाले कैद गरेका कर्णाली प्रदेशका पर्यटकिय क्षेत्रका ९० वटा तस्विरहरु प्रदर्शनी गरिएको छ ।

प्रदर्शनीमा नेपाली भाषामा लेखिएको पहिलो दामुपालको अभिलेख, दैलेखका पञ्चकोशी तिर्थस्थल, दुल्लु दरबार, मल्लकालिन पुराना सिक्काहरु राखिएको छ । यस्तै नेपालको सबैभन्दा ठुलो ताल राराताल, रुकुमको स्यार्पुताल, नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताल, दैलेखको सबैभन्दा उच्च स्थानमा रहेको महाबु लेक, दैलेखको मागल नाच, हुड्के नाच, नाविस्थानको स्वामीको रुख रहेको छ ।

यसैगरि दैलेखको पञ्चेबाजा, जुम्लाको चन्दननाथ मन्दिर, दमाह नाच, फड्को नाच, दुल्लुमा रहेको काजी जसपाउ थापाको पौवा, सुर्खेतको काक्रेबिहार, खुडा नाच तथा राउटेका साथै कर्णाली प्रदेशका पर्यटकिय स्थलहरु रहेका छन् ।

तस्विरहरू : हिक्मत बहादुर नेपाली ।

प्रतिक्रिया