नेपाल यात्रामा बिडारी

नेपाल यात्रामा बिडारी

कृष्णप्रसाद अधिकारी
दैलेख कात्तिक १६
नेपाल यात्रामा निस्किएका धादिङका बिष्णु बिडारी दैलेख आइपुगेका छन् । गत भदौ ३ गते तनहुँको ढुम्म्रे बाट नेपाल यात्रामा निस्किएका बिडारी हिजो (बिहिबार) दैलेख आइपुगेका छन् । पञ्चकोशी तिर्थस्थल मध्यको श्रीस्थानमा भेटिएका बिडारीले नेपाल यात्रामा हिडेको ७२ दिन पछि १८ औँ  जिल्लाको रुपमा दैलेख आइपुगेको बताए ।

दैलेख जिल्लामामा रहेका ऐतिहासिक सम्पदा अवलोकन गर्दै यात्रा अगाडी बढाएका बिडारीले दैलेख जिल्ला आफैमा ऐतिहासिक रहेको बताए । प्राकृतिक स्रोत, धार्मीक सांस्कृतिक तथा पर्यटकिय क्षेत्रले दैलेख भरिपूर्ण रहेको उनको भनाई छ ।

यहाँका सम्पदाको संरक्षण र प्रचार प्रसार गर्न सके दैलेखमा पर्यटकको घुँइचो लाग्न सक्ने उनले बताए ।उनले आफ्नो देशमा कहाँ के छ ? सबै र्हेन मनमा लागेर आफु नेपाल यात्रामा हिडेको बताए । नेपाल यात्रा गर्ने क्रममा हिमाली जिल्लामा पुगिसकेका बिडारीले हरेक जिल्लामा फरक फरक भाषा, भेषभुषा संस्कृति रहेको बताए ।

उनले १ सय ५० दिनमा नेपाल यात्रा गरिसक्ने लक्ष्य लिएको सुनाए । आफ्नो लक्ष्य भन्दा केही बढी समय लाग्न सक्ने सम्भावना रहेको र दैलेखकोबाट सुर्खेत हुँदै बाँके,बर्दिया, सल्यान, जाजरकोट पुग्ने उहाँको भनाई छ ।

प्रतिक्रिया