बालिका र युवतीमाथि सामूहिक बलात्कार

बालिका र युवतीमाथि सामूहिक बलात्कार

rapeलहान, कात्तिक २६ गते ।

सिरहाको लहान नगरपालिकामा बालिका र युवतीमाथि सामूहिक बलात्कार भएको छ । गत कात्तिक २३ गते भाइटीकाको राति लहान नगरपालिका–२२ मा लक्ष्मीपुर पतारी गाउँपालिका–२ की १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथि सात युवकको समूहले सामूहिक बलात्कार गरेका हुन् ।

पीडित बालिका र युवतीको लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा स्वास्थ्य परीक्षण गरी अभिभावकको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

बलात्कार घटनामा संलग्न रहेका सातै जना फरार रहेको र उनीहरूको विशेष प्रहरी परिचालन गरी तीव्रगतिमा खोजतलास भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । उक्त घटनामा संलग्न रहेका तीन जनाको नाम खुलेको र चार जनाको नाम नखुलेको प्रहरीको भनाइ छ ।

लहानका हरि चौधरीले मेरो बर्थ डे हो बर्थ डे पार्टीमा आउनुप¥यो भनी बोलाएको र उनको घरमा पुगेका बेला आफूहरुमाथि सामूहिक बलात्कार भएको पीडित युवतीले बयान दिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया