१५ बुँदे कालीकोट घोषणा पत्र जारी

१५ बुँदे कालीकोट घोषणा पत्र जारी

कालिकोट कात्तिक २८ ।
सोमबार उद्याटन भएको कालिकोट जिल्लाको बाल भेला मंलवार १५ बुँदे कालीकोट घोषणा पत्र जारी गर्दै निर्वाचन प्रणाली द्धारा नयाँ नेतृव चयन भएको छ । मानव अधिकार सवैको सरोकार भन्ने मान्यता लाई आत्मासाथ गदै नेपालको संविधान २०७२ को धारा ३९ र बालवालिका सम्वन्धि ऐन २०७५ ले बालवालिकालाई अधिकार सम्पन्न बनाउने उद्येश्यले मंलवार जिल्ला बाल भेलाले स्थानिय तह, प्रदेश तह र केन्द्र सरकार लाई बाल अधिकारको कार्यान्वयनको लागि १५ बुँदे घोषणा पत्र जारि गदै भेला सम्पन्न भएको हो ।

घोषणा पत्रमा सरकारले बालवालिकाको हकमा छुटाइएको वजेट कार्यान्वन गर्नु पर्ने, जिल्ला प्रहरी कार्यालय कालीकोटमा बाल इजालसको व्यवस्था गरिनु पर्ने, बाल अधिकारको कार्यान्वन गर्न सरोकारवाला संग छलफल र सहकार्य गरि आगामी दिनमा बाल अधिकारको लागि हक र हितको लागि के कसरी अगाडि वढ्न सकिन्छ भनि छलफल भएको छ ।
बालभेलाले नयाँ नेतृत्वको पनि चयन गरेको छ । मतदान प्रक्रियाबाट चयन भयको नयाँ नेतृत्वको अध्यक्षमा पुजा बिसि रहनुभएको छ ।

उपाध्यक्षमा निर्मल भण्डारी, सचिवमा ज्ञानेन्द्र शाही, कोषाध्यक्षमा संगीता परियार, सहसचिबमा लोकेन्द्र महतारा चयन भएका छन् । भेलाले जोखिममा रहेका बालवालिकाको पहिचान गरि उद्धार गर्ने लगायतका प्रतिवद्धता जायर गरि घोषणा गरिएको छ । काठमाण्डौमा हुने बाल कचहरीका लागि ४ जना बाल  क्लवका सदस्यहरुको छनौट गरि पठाउने निर्णय गरिएको बाल संरक्षण अधिकृत प्रकाश बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया