वोट नै सुक्दा लाखौं रुपैँया घाटा

वोट नै सुक्दा लाखौं रुपैँया घाटा

ज्वाला सन्देश संवाददाता
दैलेख, असोज १६ – बारीभरी लटरम्म टमाटर फलाएर विक्रि गर्ने सोच बनाईएकी सेरी – ९ तल्लोगुरासेकी मोतीकला जैसीको सपना अधुरै भयो । विउ तयार पारी पाली हाउसमा लगाएपछि रोगले धमाधक वोट सुक्न थालेपछि उनको विक्रि गरी आम्दानी गर्ने सपना भताभुंग भएको हो । जिल्ला कृषि विकास कार्यालयकै सहयोग र संमन्वयमा उनले सिरिस नामक टमाटर लगाएकी थिईन् । मोतीकलाको घरकै आडमा ११ वटा टर्नेल (पलाष्टिक घर) छन् ।

टमाटरको वोट सुकेर नष्ट भएपछि खाली टर्नेल देखाउँदै सेरीकी किसान मोतीकला जैसी
टमाटरको वोट सुकेर नष्ट भएपछि खाली टर्नेल देखाउँदै सेरीकी किसान मोतीकला जैसी

उनीहरुले जग्गा भाडामा लिएर ११ जनाले सामुहिक रुपमा टमाटर खेतीका लागि घर बनाएका हुन् । उनीहरुले जग्गा भाडा मात्रै ११ हजार तिर्छन् । टमाटरका वोट सुक्दा दिक्क भएका किसानहरु प्राविधिक सल्लाह समेत नपाएको गुनासो गर्छन् । łएउटा टर्नेलबाट कम्तिमा पनि १ लाख आम्दानी हुन्छ ।’ मोतीकलाले भनिन् łउत्पादन सुरु हुन नपाउदै सवै वोट सुके । यो सिजनमा लाखौं रकम घाटा लाग्यो ।’
मोतीकलाजस्तै गोगनपानी – ७ श्रीचौरकी श्रृजना विक पनि आफुले लगाएको टमाटर रोगले सुकेपछि चिन्तित छिन् । उनले धेरै धन्नै २ रोपनी जग्गामा टमाटर लगाएकी थिईन् । उनले वुवैराखे बजारमा रहेको विउविजन पसलबाटै राम्रो उत्पादन हुने टमाटर भनेर सिफारिस गरेपछि लगाएकी थिईन् । łफल्ने तयारीमा रहेको बेला सवै बोट सुकेर क्षतविक्षत अवस्थामा भयो ।’ श्रृजनाले दुखेसो पोख्दै भनिन् łयही टमाटरबाट ३ लाख बढी कमाउने सोच बनाएको थिए । सवै सपनाजस्तै भयो ।’ पानीको हाहाकार रहेको श्रृजनाको गाँउमा अहिले तरकारी खेतीलाई लक्षित गरेर ठुलो पोखरी पनि बनाईएको छ । पोखरी बनेपछि तरकारी खेतीमा होमिएकी श्रृजना बारीभरी सुकेको वोट हेरेर भक्कान्छिन् । łछोराछोरी र घरपरिवारलाई टमाटर विक्रिबाट भएको आम्दानीले नै धान्थ्यो ।’ उनले भनिन् अव यहि खेत गर्न अर्को सिजन कुर्नुपर्ने भो ।’
उनीहरुजस्तै धेरै किसानहरुले लगाएको टमाटरको वोट सुकेर कालो हुदाँ लाखौं रुपैँया घाटा लागेकोमा चिन्तित भएका हुन् । उनीहरुले प्राविधिक सहयोग नपाउदा पनि आफुले लगाएको खेतीबाट हात धुनुपरेको हो । यहाँका धेरै किसानहरु तरकारीमै निर्भर छन् । टमाटर विउ निकै राम्रो भएपनि लगाएपछि एकाएक सुकेर मरेको सेरीका अगुवा किसान पशुपती लामेछानेले बताए । समयमा औषधी नगर्दा सुकेको हुनसक्ने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सुर्यनाथ योगीले बताए ।

प्रतिक्रिया