इन्सेकको टोलिद्धारा मानव अधिकार अनुगमन
कालिकोट कार्तिक ३० । मानवअधिकारवादी सस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकको टोलिले कालिकोट जिल्लाको मानवअधिकार अवस्थाका वारेमा स्थलगत अनुगमन गरेको छ ।
इन्सेक केन्द्रीय कार्यालय काठमाण्डौका मदन पौडेल,इन्सेक कर्णाली प्रदेशका संयोजक नरायण सुवेदी,सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापा लगाएतको टोलिले शुक्रबार जिल्लाको समग्र मानव अधिकार वारे अनुगमन गरेको कालिकोट प्रतिनिधि कालीवहादुर मल्लले जानकारी गराएका छन ।
अनुगमनका टोलिले क्रममा प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख,नेपाली सेनाका प्रमुख र स्थानीय पत्रकारहरुसँग भेटघाट गरेर महिला हिंसा,जतीय विभेद,शिक्षा,स्वास्थ्य,खाद्य अधिकारको अवस्थाका वारेमा जानकारी लिएको छ । साथै टोलिले जिल्ला प्रहरी कार्यालय स्थित हिरासतको समेत अनुगमन गरेर बन्दिहरुसँग भेटघाट गरेको छ ।
भेटका क्रममा प्रमुख जिल्ला अधिकारी चन्द्रवहादुर कार्की र प्रहरी प्रमुख डिएस्पी बिनोद शर्माले महिला हिंसाका,यौन दव्र्यवाहारका घटनाहरु वढ्दै गएकाले मानवअधिकार अवस्था नाजुक रहेको बताउनु भयो । साथै उहाले तिन महिनामा महिलामाथी हुने हिंसाका आठ वटा घटनाहरु गम्भीर खालका भएको पनि वताउनु भयो ।
इन्सेकले मानवअधिकारको वकालत गर्नुका साथै नेपाल मानवअधिकार वर्ष पुस्तक लगाएत मानवअधिकार सम्वन्धि दस्तावेज प्रकाशन गर्दै आएको छ ।
प्रतिक्रिया