घाँस काट्न जाँदा लडेर महिलाको मृत्यु

घाँस काट्न जाँदा लडेर महिलाको मृत्यु

दैलेख मंसिर ३ ।
दैलेखको पूर्वमा पर्ने भगवतीमाई गाउँपालिकामा एक महिलाको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका–४ की ३५ बर्षिया रुपा विक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीका अनुसार भगवतीमाई गाउँपालिका – ४ रुमीमा घर भएकी रुपा विक घर नजिकै पाखामा घाँस काट्न जाँदा लडेर मृत्यु भएको हो । सोहि स्थानका लाल बहादुर विककी माइली बुहारी रुपा विक पाखोवाडा भन्ने स्थानमा घाँस काट्न गएको स्थानीयबासी सुरेशबहादुर खत्रीले जानकारी दिए । आज विहान घरबाट घाँस काट्न हिडेकी रुपा लडेको खबर पाएलगत्तै घटनास्थलमा पुगेका परिवार र स्थानीयबासीले खोज्दै जाँदा मृत अवस्थामा फेला पारेको स्थानीय बासिन्दा सुरेश बहादुर खत्रीले जानकारी दिए । उनको घटनास्थलमै मृत्यु भएको हो । मृतक रुपाको दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया