चर्पी दिवसमा लोक गित प्रतियोगिता

चर्पी दिवसमा लोक गित प्रतियोगिता

प्रविन शाही
दुल्लू, ३ मंसिर (ज्वाला संदेश) ः
विश्व चर्पी दिवसको अवसरमा “चर्पि हाम्रो प्राकृतिक आवश्यकता” भन्ने मुल नाराका साथ विजया मावि दुल्लूमा सोमवार लोगगित प्रतियोगिता सम्पन्न भएको छ । दुल्लू नगरपालिका भित्रका चार वटा माध्यामिक विद्यालय सहभागी प्रतियोगितामा विजया माध्यामिक विद्यालय प्रथम भएको छ ।

यस्तै सरस्वति मावि कृष्णिकोट द्दितिय, प्रेमदेवि मावि धामिगाउँ तृतिय र नेरा मावि किर्तिखम्ब सान्तोना भएका छन् । विजया मावीका विद्यार्थीहरुले स्वागत गरेको कार्यक्रममा बोल्नुहुँदै दुल्लू नगरका कार्यवाहक प्रमुख लाल बहादुर रावतले पछिल्लो समय समग्र दैलेख जिल्लामा शौचालय प्रयोग बढ्दै गएको बताए ।

कार्यक्रमका अध्यक्ष टंक रिमालले सभ्य समाज निर्माणका लागि सरसफाई महत्वपूर्ण पक्ष भएको बताए । यस्तै दुल्लु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले शौचालयको अनिवार्य प्रयोग गर्न आग्रह गर्दै पलाष्टिकजन्य बस्तुहरुको प्रयोगमा कमी गर्नुपर्ने धारणा राखे ।
त्यस्तै समाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यक्रम संयोजक मान बहादुर थापाले पछिल्लो समय दैलेख जिल्लाका धेरै जसो ठाउँमा शौचलय प्रयोगमा बृद्धि भएको बताए । कार्यक्रममा सुईजरल्याण्डका नागरिकहरुले साँस्कृतिक न्यृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम विजया मावि दुल्लुको आयोजना,हेल्भट्रान्स,एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रमको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको सहजिकरणमा सम्पन्न भएको हो ।

प्रतिक्रिया