जम्बुकाँधमा अस्थायी प्रहरी चौकीको भवन शिलान्यास

जम्बुकाँधमा अस्थायी प्रहरी चौकीको भवन शिलान्यास


दैलेख मंसिर १३ ।
दैलेखको पश्चिममा पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिकाको जम्बुकाँधमा अस्थायी प्रहरी चौकीको नयाँ भवन शिलान्यास गरिएको छ । भवनको आज चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाहीले शिलान्यास गर्नुभएको हो । तीन रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको अस्थायी प्रहरी चौकीको भवन भूकम्प प्रतिरोधात्मक सहित आधुनिक हुने चामुण्डाविन्द्रासैनी नगरपालिका सब–इन्जिनियर प्रकाशविक्रम शाहीले जानकारी दिनुभयो । कूल १० लाखको लागतमा निर्माण हुने भवनमा ४ कोठा रहनेछन् । आर्थिक वर्ष २०७६ सालको बैशाख १० गतेभित्र निर्माण गरिसक्ने सम्झौता सहित भेरी कर्णाली कन्ट्रक्सन प्रालि सुर्खेतले भवन निर्माणको जिम्मा पाएको छ ।
नगरपालिकाको शान्ति सुरक्षा थप प्रभकारी बनाउनका लागि भवन निर्माण गर्न लागिएको नगर–प्रमुख शाहीले बताउनु भयो । ‘जबसम्म प्रहरी सुरक्षित र सम्मानित हुँदैन, ‘प्रहरीले नागरिकको शान्ति सुरक्षामा प्रभावकारी भुमिका निर्वाह गर्न सक्दैन ।’ ‘प्रहरी आफ्नै कार्यालय हुनुपर्छ भन्ने सोचका साथ प्रहरी चौकीको भवनको शिलान्यास गरेको छौँ ।’ उहाँले भन्नुभयो । नागरिकको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन प्रहरी सुरक्षित हुुनुपर्ने नगर प्रमुख शाहीले जोड दिनुभयो । जम्बुकाँधमा प्रहरीले लामो समयदेखि भाडाको भवनबाट सेवा दिँदै आएको थियो ।

प्रतिक्रिया