परियोजना बहिर्गमन कार्यशाला गोष्ठि

परियोजना बहिर्गमन कार्यशाला गोष्ठि


दैलेख मंसिर २१ ।
सन २०१५ देखि सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा परियोजना सन २०१८ डिसेम्बरमा सकिनै लाग्दा परियोजनाबाट प्राप्त उपलिब्ध, राम्रा अभ्यास र सिकाइहरुलाई निरन्तरता दिने उद्धेश्यका साथ गुराँस गाउँपालिकामा परियोजना बहिर्गमन कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।
परियोजनाले ४ वर्षमा गुरासँ गाउँपालिकामा शिक्षा, बाल अधिकार शासन, बाल संरक्षण र अनुगमनतर्फ गरी ३ करोड ३२ लाख ३६ हजार १५ खर्च भएको परियोजनाका बाल संरक्षण अधिकृत निर्मल अधिकारीले जानकारी दिए ।
प्राथमिकतहमा २०१५ को ९२.७२ प्रतिशत खुद भर्नादर बाट ६ दशमलब ३ प्रतिशतले बृद्धि भई ९८ दशमलब ७५ प्रतिशत पुगेको अधिकारीको प्रतिवेदनमा उल्लेख गरिएको थियो । अधिकारीले भने, ४३ जना बालबालिका विद्यालयमा भर्ना भइ नियमित विद्यालय गएका छन् भने विद्यालय बाहिर रहेका अपाँगता बालबालिका मध्ये १ जना समावेशी विद्यालय र २ जना बालबालिकालाई स्रोत विद्यालयमा सम्प्रेषण गरिएको छ ।
गुरासँ गाउँपालिकाले बालमैत्री स्थानीय शासन प्रद्धतिलाई अवलम्बन गरेको छ भने वडा नं ६ पिलाडीलाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्ने तयारी गरेको छ । गाउँपालिकामा ५४ बाल क्लवमध्ये २३ विद्यालय, ५ वडा र २६ समुदाय स्तरीय रहेका छन् । गाउँपालिकामा नागरिक समाज गठन भई बाल अधिकार शासन र बाल संरक्षणको क्षेत्रमा सक्रिय रहेको छ । विद्यालय, समुदाय र घरपरिवारमा बालबालिकालाई हुने गरेको हिंसामा कमी आएको छ । उच्च जोखिममा रहेका ७४ जना बालबालिकालाई आकस्मिक पुनस्र्थापनाका लागि सहयोग गरिएको छ भने ६ सय ९५ जना बालबालिकालाई छात्रवृत्ति सहयोग गरिएको अधिकारीले बताए ।
सहयात्रा परियोजनाले शिक्षा, बाल अधिकार शासन, र बाल संरक्षणको क्षेत्रमा उल्लेख्य कार्य गरेकोले विकास साझेदार निकायलाई गाउँपालिका अध्यक्ष खेमराज वलीले परियोजना निरन्तरताका लागि आग्रह गरेका थिए । उनले थपे, परियोजनाको सहयोगबाट गुराँस गाउँपालिकाका १ दर्जन भन्दा बढी विद्यालयहरुमा देखिने गरी परिवर्तन भएको छ । गुराँस गाउँपालिकालाई बालमैत्री बनाउने उद्धेश्यका साथ बालअधिकार र बाल संरक्षणलाई प्रवद्र्धन गर्नकालागि आधा दर्जन भन्दा बढी बालमैत्री नीतिहरु स्विकृत गरी कार्यान्वयन गरिएको उनको भनाई थियो । उत्त mकार्यक्रममा वडा अध्यक्ष, विषयगत कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी र सरोकारवालाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया