बजेट सदुपयोग भए कर्णालीको गरिबी हट्छ – मन्त्री केसी

बजेट सदुपयोग भए कर्णालीको  गरिबी हट्छ – मन्त्री केसी


दैलेख मंसिर २० ।
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णाली प्रदेशको गरिबी निवारणका लागि बजेट सहि सदुपयोग हुनुपर्ने बताउनुभएको छ । शुक्रवार कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगर्तको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुर्खेतको सम्पर्क कार्यालय दैलेखको उद्घाटन गर्नुहुँदै मन्त्री केसीले भन्नुभयो ‘कर्णालीमा आएको बजेट सहि सदुपयोग भई परिणाममुखि काम हुन नसक्दा कर्णाली मुलुककै गरिब प्रदेश ठहरिएको छ ।’

बजेट सहि सदुपयोग नहुने मुख्य गरी साविकका कर्णालीका पाँच जिल्लामा रहेको बताउदै मन्त्री केसीले ति पाँच जिल्लामा विकटताका जस्ता कारणले योजनाहरु काजगमै सम्झौता हुने र कागजमै सम्पन्न भई भुक्तानी हुने समस्या रहेको बताउनुभयो । यो समस्या कर्णालीका अन्य पाँच जिल्लामा पनि चुनौतको विषय बनेको छ, मन्त्री केसीले भन्नुभयो ‘यस्तो अवस्थालाई जस्तो सुकै हालतमा पनि हटाएरै छोड्छौ ।’ उहाँले कर्णालीमा भित्रिएको बजेट र प्रभावकारी कार्यान्वयन गरेर पारदशी र परिणाममुखी काम गर्न मन्त्रालय मातहतका कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।

प्रदेश सरकारले दैलेखमा स्थापना गरेको सम्पर्क कार्यालय सम्पर्कका लागि मात्र नभई सबै कामहरु यहिबाट सम्पूर्ण कामहरु गर्ने मन्त्री केसीको भनाई छ । प्रदेश सरकारको बजेट कार्यान्वयन, जनताको सेवालाई मध्यनजर गर्दै कृषि र पशुमा सम्पर्क कार्यालय स्थापना गरिएको बताउदै मन्त्री केसीले संघियताको मर्म अनुसार स्थानीय तहलाई बलियो बनाउँदै लैजाने धारणा राख्नुभयो ।

कर्णाली प्रदेश सरकारले दैलेख जिल्लामा समानिकरण र सर्सत बजेट गरेर दैलेखमा झन्डै २३ करोड बढी रकम कृषि तथा पशुको क्षेत्रमा छुट्टयाईएको बताउदै बजेट कार्यान्वयन गर्नका लािग दैलेखका स्थानीय तहका प्रमुख र कर्मचारीहरुलाई आग्रह समेत गर्नुभयो । जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाको अध्यक्षतामा भएको सम्पर्क कार्यालय स्थापना कार्यक्रममा प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्मा, प्रदेश सभा सदस्य धर्मराज रेग्मी, नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले मन्तव्य राख्नुभएको थियो । सोहि अबसरमा जिल्ला पशु सेवा कार्यालयलाई स्थानीय तहको मातहतमा हस्तान्तरण समेत गरिएको छ ।

प्रतिक्रिया