लैंङ्गिक हिंसा विरुद्ध सांगीतिक सडक नाटक

लैंङ्गिक हिंसा विरुद्ध सांगीतिक सडक नाटक

 
दैलेख मंसिर २० ।
लैंङ्गिक हिंसा विरुद्ध दैलेख सदरमुकामको स्थानीय देवकोटा चोकमा सांगीतिक सडक नाटक प्रर्दशन गरीएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगर्त आइडिया नेपाल सुर्खेतको आयोजनामा उक्त सडक नाटक प्रर्दशन गरीएको हो । लैंगिकतामा आधारिक हिंसा विरुद्धमा विश्वभर मनाइने १६ दिने अभियानको अबसरमा उक्त नाटक प्रर्दशन गरीएको छ ।

नेपाली समाजमा बढ्दो महिला हिंसालाई न्यूनिकरण गर्ने ध्ययेले दैलेखमा पनि सडक नाटक प्रर्दशन गरीएको आइडिया नेपाल सुर्खेतका संस्थापक अध्यक्ष एंव मानव अधिकारकर्मी रचना सुनारले बताउनुभयो । नेपाली समाजका महिलाहरुले हरेक दिन भोगिरहेको समस्यालाई नाटकको रुपमा प्रदर्शन गर्न खोजिएको उहाँको भनाई छ । विशेष गरेर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानकै क्रममा दैलेखमा पनि महिला माथी हुने घरेलु हिंसा, बलात्कार जस्ता घटनाहरुमा कमी ल्याउनका लागि नाटकको माध्ययमबाट अभियान चलाएको संस्थाका संस्थापक अध्यक्ष एंव अधिकारकर्मी सुनारको भनाई छ ।

नेपाली समाजमा हरेक दिन घट्ने घटनाहरुलाई बोलेर वा भाषणको शैलिबाट भन्दा पनि नाटक प्रर्दशनको माध्ययमबाट चेतना बढ्छ, संस्थाका संस्थापक अध्यक्ष एंव अधिकारकर्मी सुनारले भन्नुभयो ‘महिला माथी हुने हिंसाहरु न्यूनिकरणका लागि चेतना फैलाउने दायित्व सरकार र हरेक नेपाली नागरिकको हो ।’  सरकारले महिलाका लागि विशेष गरी रोजगारीका कार्यक्रमहरु सृृजना गर्नुपर्छ, उहाँले भन्नुभयो ‘आफ्नो घरभित्रको सम्पूर्ण महिलाहरुको सुरक्षा र सम्मान पुर्वक बाँच्न पाउने अवस्था सृजना गर्ने जिम्मेवारी घरपरीवारकै दाजु भाईको तर नेपाली समाजका महिलाहरु झन झन आफन्त र घरपरिवारबौ पिडित हुनु परेको छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनाबारे स्मरण गर्दै सुनारले निर्मला पन्त जस्ता सयौँ महिलाहरु अहिले पनि पिडित भइरहेको बताउनुभयो ।
नाटकमा बलात्कार, घरेलु हिंसा, विवाह पछि पढाईमा बञ्चित गराएर घरमै राखेको, बोक्सीको आरोपमा कुटपिट गरेको, विद्यालयमा अध्ययनरत किशोरीलाई तेजाव खन्याएको जस्ता विषयलाई उठान गरिएको थियो । ‘लैंगिक हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ चलिरहेको अभियानको अबसरमा प्रर्दशन गरीएको सांगीतिक सडक नाटकले महिला हिंसा अन्त्यका लागि एउटा इट्टा थपेको नारायण नगरपालिका–१ का वडा सदस्य रमेश केसीले बताउनुभयो । सडक नाटकका पात्रहरु अञ्जना सुनार, भूमिका परियार, कल्पना सुनार, सिमा सुनार, निर्मला विश्वकर्मा, प्रभा विकले अभिनय गर्नुभएको थियो । उक्त सडक नाटक प्रर्दशनमा जिल्ला समन्वय समिति दैलेख तथा दैलेख जिल्ला स्थित सरकारी तथा गैरसरकारी निकायहरुले सहयोग गरेका थिए ।

प्रतिक्रिया