दैलेख अस्पतालमा बाल रोग उपचार कक्ष

दैलेख अस्पतालमा  बाल रोग उपचार कक्ष


हिक्मत बहादुर नेपाली
दैलेख मंसिर २२ ।
दैलेख जिल्ला अस्पतालमा बाल रोग उपचार कक्ष संचालनमा ल्याइएको छ । बालबालिकाको स्वास्थ्य अवस्था सुधार गर्ने र गुणस्तरिय सेवा प्रदान गर्ने उदेश्य सहित बाल कक्ष स्थापना गरिएको दैलेख जिल्ला अस्पतालका कार्यालय प्रमुख डा. निरञ्जन पन्तले बताउनुभयो । गत बर्ष देखी बाल रोग व्यवस्थापनका लागि छुट्टै भर्ना कक्ष संचालन गर्न पहल गरेको भएपनि अहिले आएर बाल कक्ष स्थापना गर्न सफल भएको अस्पतालका प्रमुख डा.पन्तको भनाई छ ।

बाल कक्ष संचालनका लागि भवन निर्माण भएता पनि बिरामी बालबालिका भर्नाका लागि वेड लगाएतका सुविधाजनक सामग्री नभएका कारण बाल कक्ष संचालनमा आउन सकेको थिएन् । कक्ष संचालनका लागि आवश्यक सामग्रीहरु सेभ द चिल्ड्रेनको नेपाल हेल्थ परियोजनाले उपलब्ध गराएपछि बालरोग व्यवस्थापनका लागि छुट्टै कक्ष संचालनमा ल्याइएको अस्पतालका प्रमुख डा. पन्तले जानकारी दिनुभयो ।

‘दैलेख जिल्ला अस्पतालमा आउने विरामी बालबालिकालाई भर्ना गरि अन्य रोगका विरामीहरु भएको कक्षमा राख्दा रोगबाट किटाणुहरु सर्न सक्ने समस्या देखिने सम्भावना उत्तिकै थियो,’ अस्पतालका प्रमुख डा. पन्तले भन्नुभयो, ‘त्यस्ता समस्या समाधानका लागि छुट्टै कक्ष संचालननमा ल्याएका हौ ।’ बाल रोग उपचार कक्ष संचालनमा आएसँगै जिल्लाभरका बालबालिकाको स्वास्थ्यमा सुधार, गुणस्तरिय सेवा प्रदान गर्न सहज हुने अस्पतालका प्रमुख डा. पन्तको भनाई छ । ¬
बाल कक्ष संचालनका लागि नेपाल हेल्थ परियोजनाले बालकक्ष भवन मर्मत सम्भारका लागि १ लाख १४ हजार ५ सय ५५ रुपैयाँ बराबरको रकम खर्च गरेको छ । सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक राकेश यादवले दिनुभएको जानकारी अनुसार बाल कक्षका लागि परियोजनाले २ लाख ६३ हजार ४ सय ६८ रुपैयाँ बराबरको ८ वटा वेड, वेडसाइडलकर, हिटर, फ्यान लगाएतका सामग्रीहरु प्रदान गरिएको छ ।

प्रतिक्रिया