कृषि तथा पशु पर्दशनीमा अलैची देखि भुई स्याउसम्म

कृषि तथा पशु पर्दशनीमा अलैची देखि भुई स्याउसम्म

दैलेख पुस ७– दैलेखको भैरवी गाउँपालिकामा आयोजित कृषि तथा पशु पर्दशनी कार्यक्रममा स्थानीय उत्पादनहरु प्रर्दशन गरिएको छ । गाउँपालिकामा उत्पादित अलैची देखी भुई स्याउ सम्मका कृषि तथा फलफुलहरु उक्त प्रर्दशनीमा राखिएको थियो । भैरवी गाउँपालिकाका विभिन्न वडामा उत्पादन भएका मुला, टमाटर, साग, काउली, बन्दा, सिमी, आलु, प्याज, टमाटर, धनिया, जाँजर लसुन लगाएतका कृषि जन्य बस्तूहरु प्रर्दशनमा राखिएको थियो । यस्तै पशु तर्फ खसी, बाख्रा तथा माछा प्रर्दशन गरिएको छ । यसैगरी फलफुल तर्फ केरा, कागती, मेवा, अमिलो, अलैची, उखु, बेलाउती, सुन्तला, भुई स्याउ प्रर्दशनमा राखिएको थियो । अन्य कृषि जन्य बस्तुमा छुर्पी, जडिबुटीको औषधी, ध्यू, अम्रीसो, टिमुर लगाएतका कृषिजन्य बस्तू प्रर्दशन गरिएको थियो ।
युवाको शान ः कृषकहरुलाई सम्मान भन्ने मुल नारा सहित आयोजना गरिएको गाउँपालिका स्तरिय कृषि तथा पशु पर्दशनी कार्यक्रममा भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले कृषि क्षेत्रको सुधार र विकासले मात्रै मुलुकको समृद्धि सम्भव रहेको बताए । गाउँका जमिन बाँजो राखेर मुलुकको समृद्धि खोज्नु गलत भएको धारणा राखे । गाउँपालिकाका उपाध्यक्ष पदम कुमारी विष्टले कृषकहरुलाई व्यवसायिक बन्न आग्रह गरिन् । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णुदेव गिरीले गाउँपालिका भित्र धेरै जमिन बाँजो रहेको बताउदै युवाहरु विदेश पलायन हुनुको साटो गाउँमै व्यवसायिक कृषि खेती संचालन गरे रोजगारीसँगै आर्थीक समृद्धि हुने बताए ।


पञ्चकोशी युवा संजालको आयोजनामा भएको उक्त प्रर्दशनी कार्यक्रममा पशुलापन तर्फ जगत बहादुर शाही प्रथम भएका छन् भने दिपक आचार्य द्धितिय, भुपेन्द्रप्रसाद अधिकारी तृतिय र विनु शाही सान्तोना भएका छन् । यस्तै अतिरिक्त तर्फ टिकाराम पौेल प्रथम, तिलकला शाही द्धितिय, धनरुपा शाही तृतिय भएका छन् । यसैगरी फलफुल खेती तर्फ पार्वती थापा प्रथम, देवीराम पौडेल द्धितिय, गोविन्द जैसी तृतिय, विन्नकला खनाल सान्तोना भएका छन् । ताजा तरकारी तर्फ नवराज विष्ट प्रथम, रविन्द्र थापा द्धितिय, भद्रा जैसी तृतिय र सावित्री भण्डारी सान्तोना भएका छन् ।


कार्यक्रममा विजयी कृषकहरुलाई पुरस्कार प्रदान गरिएको छ । उक्त कार्यक्रम भैरवी गाउँपालिका, एइअइएन लक्जेम्वर्ग, टिडिएच जर्मनी, पञ्चकोशी एकता समाज (प्रयास दैलेखको सहयोग तथा भैरवी गाउँपालिका कृषि तथा पशु शाखा र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको समन्वयमा सम्पन्न भएको हो ।

प्रतिक्रिया