विकास दिगो हुनुपर्छ – अध्यक्ष थापा

विकास दिगो हुनुपर्छ – अध्यक्ष थापा


दैलेख पुस २०
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष हीरासिंह थापाले विकास निर्माणका कामहरु दिगो हुनुपर्ने बताउनुभएको छ । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको साझेदारीमा संचालित सहयात्रा परियोजनामा कार्यरत कर्मचारीहरुको विदाई तथा सम्मान कार्यक्रममा अध्यक्ष थापाले सहयात्रा परियोजना मार्फत समुदाय स्तरमा भएका कामहरु दिगो हुनु पर्ने धारणा राख्नुभयो ।

बालबालिकाको सवालमा संवेदनशिल हुन आग्रह गर्नुहुँदै अध्यक्ष थापाले सोसेकले लिएको लक्ष र उदेश्य पुरा गर्नका लागि कटिबद्ध हुन कार्यक्रम तथा परियोजनामा कार्यरत कर्मचारीलाई आग्रह गर्नुभयो ।

बाल विवाहको सवालमा काम गर्न कठिन भएको बताउँदै अध्यक्ष थापाले जिल्लामा बाल विवाह न्यूनिकरणका लागि स्थानीय सरकारसँग सहकार्य गरेर काम गर्ने बताउनुभयो । महासचिव कल्पना थापाले सहयात्रा परियोजनामा कार्यरत कर्मचारीले समाज सुधार र संस्थाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । कार्यक्रममा सोसेकका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले सहयात्रा परियोजनाको कार्यक्षेत्रका विद्यालयमा शिक्षाको क्षेत्रमा उल्लेख्य सुधार गरेको बताउनुभयो ।
कार्यक्रम निर्देशक नवराज विसीले परियोजनाले शिक्षा, बाल अधिकार शासन र बाल संरक्षणको क्षेत्रमा काम गरेको बताउनुभयो । कार्यक्रममा विदाई भएर जाने कर्मचारीहरुले आ–आफ्नो विचार राखेका थिए । कर्मचारीहरुलाई अध्यक्ष हीरासिंह थापा, महासिचव कल्पना थापा, उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठ लगाएतले कदर पत्र सहित सम्मान गर्नुभयो ।

प्रतिक्रिया