दुल्लुमा फोहोर संकलन केन्द्र

दुल्लुमा फोहोर संकलन केन्द्र

पंखबहादुर शाही

दुल्लु,२७ पुस ।

पर्यटकिय नगरीको रुपमा रहेको दुल्लु नगरपालिकाको दुल्लु बजार क्षेत्रमा फोहोर संकलन केन्द्र राखिएको हो । दुल्लु बजारलाई सुन्दर र सफा राख्ने उलेश्यले फोहोर मैला संकलन केन्द्र राखिएको दुल्लु नगरपालिका–८ का वडाध्यक्ष टिकाराम थापाले बताउनुभयो ।
चालु आर्थीक बर्षमा विनियोजित रु २ लाख रुपैयाँ खर्च गरेर दुल्लुको साहुवाडा देखि चगत्रा बजारसम्म फोहोर संकलन केन्द्र राखिएको छ । दुल्लु नगरको बजार क्षेत्र वडा नं. ७ र ८ पर्ने भएकोले उक्त स्थान सहरी क्षेत्रमा विस्तार भएसंगै यहाँका बासिन्दा सरसफाई र फोहोर मुक्त बजार बनाउनमा लागि परेको वडाध्यक्ष थापाको टिप्पणी छ । यहाँका स्थानीयले अहिले सडकको छेउमा राखिएका डस्टबिनमा फोहोर फाल्ने गरेका छन् । कुहिने, नगल्ने र नजल्ने जस्ता फोहोर राख्नको लागि छुट्टा छुट्टै रंगका डस्बिनहरु फोहार संकलन केन्द्रको रुपमा राखिएका छन् ।
नगरकै पहिलो नमुना वडा बनाउने उदेश्यले अभियान थालिएको हो । दुल्लु क्षेत्रमा अहिले स्मार्ट सिटीको गुरुयोजना हुँदै गरेको, सांस्कृतिक संग्राहलय, नेपाली भाषाको पहिलो शिलालेख भएकोले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आवत जावत बढ्दै गएको यस क्षेत्रलाई सुन्दर र सफा राख्नुपर्ने स्थानीय मिलन शाहले बताउनुभयो । यस्तो अभियानले दुल्लु बजारलार्ई पूर्ण सरसफाई युक्त वडा घोषण गर्नको लागि पनि टेवा वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया