उत्खनन् नहुँदा ग्यास र पेट्रोल त्यसै खेर
गोविन्द केसी
दैलेख, असोज २५ – देशमा ग्यास र पेट्रोलको हाहाकार भएको बेला दैलेखमा सदिंयौदेखी ग्यास र पेट्रोल खेर गईरहेको छ । तर, देशभित्र खेर गईरहेको खानी उत्खनन्मा कुनै चासो दिईएको छैन् । देश परनिर्भरमुखी हुँदा यहाँका खानीहरु अलपत्र रुपमा खेर गईरहेका हुन् । दुई हप्तादेखी भारतले नेपालमाथि अघोषित नाकाबन्दीले जनजिवन प्रभावित बनेको बेला देशभित्रकै खानी उत्खनन् तथा अनुसन्धानमा कुनै पनि निकायले प्रभावकारी कदम चाल्न सकेका छैन् । सरकार परनिर्भरमुखी हुँदा यहाँको पञ्चकोसी ज्वाला क्षेत्रमा पाइने मूल्यवान ग्यास र पेट्रोल बलेर÷बगेर खेर गैरहेको हो । धार्मीक रुपमा बलिरहेको ज्वालालाई निकै महत्वका साथ पुजाआरधना गरिन्छ । वर्षेनी लाखौ हिन्दुधमालम्वीहरु आउँछन् । नजिकैका खोला छेउबाट पेट्रोल बगिरहेको छ ।
त्यसलाई उत्खनन् गर्नमा कसैको पनि ध्यान पुग्न नसक्दा देश परनिर्भर हुन पुगेको हो । आज परनिर्भरकै परिणम देशमा ग्यास र पेट्रोलको हाहाकार मच्चिएको छ । łधार्मीक कारण ग्यास पेट्रोलबाट बलिरहेको ग्यासलाई पुजा गर्ने गरिएको छ ।’ दैलेख उद्योग वाणिज्य संघका महासचिव नरेन्द्र थापाले भने, खेर गईरहेको यहाँको खानीलाई अनुसन्धान र उत्खनन् भएमा देशमा विकासको ढोका खेलिने छ ।’ खानी भएको पंचकोशी क्षेत्रमा अवलोकलनका लागि ०६८ मा विज्ञहरु सम्मिलित संसदको अर्थ र श्रमसम्बन्ध समितिले आएको थियो । संसदीय टोलीले ग्यासको नमुना संकलन गरी फर्किएको थियो । खानी तथा भूर्गभ विभागका अनुसार क्यानेडियन र चाइनीज कम्पनीको अनुसन्धानबाटै यहाँ “ग्यास भएको पुष्टि भएको थियो । पादुका, शिरस्थान, नाभिस्थान, धुलेस्वरमा ग्यास र पेट्रोल छरपस्ट रुपमा देख्न सकिन्छ । यहाँ खानी भएको प्रमाणित समेत भईसकेको छ । यहाँका मन्दिरआसपास र खोलाहरुमा तैरिरहेको पेट्रोल र खोलाहरुमा हावाको फोकाको रुपमा ग्यास निस्किएको छ । łस्थानीयहरुले सालको पातलाई बेटारेर खोलाबाट निस्कने हावाको फोकालाई ढाकेर आगो समेत बालेर देखाउने गर्दछन् ।’ गमौडीका स्थानीय तथा सामाजिक अगुवा रुद्र शाहीले भने, यहाँ खोला, भिर तथा बारीका भित्ताहरुबाट ग्यास चुहावट भई खेर गईरहेको छ । खोलाको छेउमा पेट्रोलियम पदार्थहरु बगीरहेको देख्न सकिन्छ ।’ उनका अनुसार यस क्षेत्रमा सदियौंदेखी ग्यास र पेट्रोल खेर गईरहेको छ । भौगर्भिक विज्ञका भनाईमा पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खनन् कार्य महंगो भएको बताईएको छ । ग्राभिटी सर्भे र भौगर्भिक अध्ययनपछि त्यसका आधारमा विस्तृत साइस्मिक अध्ययन र अन्त्यमा ड्रिलिङसम्मको कार्य सकिन्छ । विज्ञका अनुसार ग्राभिटी सर्भेदेखि ड्रिलिङसम्मका लागि कम्तीमा एक अर्ब बीस करोड लागत आवश्यक पर्दछ । छरपस्ट रुपमा छरिएको ग्यासलाई एक ठाँउमा ल्याई पाइपलाईनबाट वितरण गर्न कम्तीमा दुई करोड अनुमानित लागत आवश्यक पर्ने विज्ञहरुको भनाई छ । दैलेखबाट परिक्षणका लागि लगिएको पेट्रोल खानी तथा भुगर्भ विभागमा राखीएको छ ।
प्रतिक्रिया