भूकम्प प्रतिरोधी भवन निर्माणबारे जानकारी

भूकम्प प्रतिरोधी भवन  निर्माणबारे जानकारी

दैलेख – एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज विहान दैलेखमा भूकम्प प्रतिरोधि भवन निर्माणबारे जानकारी गराईएको छ । ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पुरा गर्न संघ, प्रदेश र स्थानीय सरकार’ भन्ने मुल नारा सहित भुकम्प सुरक्षा दिबस मुल समारोह समिति दैलेखद्धारा आयोजित कार्यक्रममा भूकम्प प्रतिरोधी भवन निर्माणको प्रविधीबारे सर्वसाधारण नागरिकहरुलाई जानकारी गराईएको हो ।
विपद् व्यवस्थापनका लागि जिल्ला अगुवाई सहयोगी संस्था सोसेकका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले प्रविधिबारे जानकारी गराउनुभएको हो । उहाँले भवन संहिता र भवन निर्माण मापदण्ड, भवन निर्माण संहितामा समाबेश गरिएका विषयहरु प्रष्ट्याउनुभएको थियो । उपकार्यकारी निर्देशक श्रेष्ठले भवनका प्रकार, पिलरवाला भवन बनाउँदा ध्यान दिनुपर्ने विषयहरु र गारोवाला भवन निर्माण गर्दा ध्यान दिनुपर्ने विषयहरु जानकारी गराउनुभएको थियो ।
दिबसका अवसरमा भूकम्प, विपद् व्यवस्थापन सम्बन्धी नीति नियमावली, २०७२ बैशाखमा गएको भूकम्पबारे क्षतीबारे जानकारी दिनुका साथै नेपालमा भूकम्पको कारण बारे सर्वसाधरणलाई जानकारी गराइएको छ । श्रेष्ठले भूकम्पबाट हुने असर, खतराबाट बच्ने उपाए तथा नेपालमा विपद् व्यवस्थापन सम्बन्धी विद्यमान नीति तथा नियमावलीहरुबारे प्रष्ट्याउनुभएको थियो ।
दिबसका अबसरमा आयोजित कार्यक्रममा नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्काले भूकम्प प्रतिरोधि भवन निर्माण गर्न सबैलाई आह्वान गर्नुभयो । उहाँले सरकारले तयार पारेको घर बनाउने ५५ वटा मापदण्ड अनुसार भवन निर्माण गर्नुपर्ने बताउँदै सरकारी तथा गैरसकारी कार्यालयहरुको बजार केन्द्रित कार्यक्रम ग्रामिण बस्तीमा लैजान आग्रह गर्नुभयो ।
दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले भूकम्पबाट बच्ने उपाएहरु सहर देखि ग्रामिण बस्तीसम्म पु¥याउनु पर्ने धारणा राख्नुभयो । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्न लागिएको बताउँदै बाँस्कोटाले उक्त योजना बनाउने जिम्मा विपद् व्यवस्थापनका लागि जिल्ला अगुवाई सहयोगी संस्था सोसेकलाई दिइएको जानकारी गराउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दैलेखका सभापति खेमराज केसी, गैसस महासंघ दैलेखका अध्यक्ष एंव राष्ट्रिय प्रकोप व्यवस्थापन संजाल नेपालको सदस्य संस्था सेवकका अध्यक्ष महारुप खत्रीले भुकम्प र प्राकृतिक प्रकोपबारे धारणा राख्नुभएको थियो । सोहि अबसरमा भुकम्पबाट बच्न सुरक्षाका उपायबारे नेपाली सेना, ईन्द्रदल गुल्म दैलेखका जवानले अभ्यास मार्फत सिकाएका थिए । यस अघि चेतनामुलक संदेश सहितको प्ले कार्ड सहित दैलेख सदरमुकाममा प्रभातफेरि निकालिएको थियो ।



प्रतिक्रिया