कुप्रथा न्यूनिकरणमा दुर्गम गाउँ

कुप्रथा न्यूनिकरणमा दुर्गम गाउँ

पंखबहादुर शाही
माघ ५ दूल्लु

जिल्लाको दुर्गम क्षेत्रका गाउँपालिकाका वडाहरु सामाजिक रुपमा रहेको कुप्रथा न्यूनिकरण अभियानका लागि अग्रसर भएका छन् । सामाजिक कुरिति र कुसंस्कारको रुपमा रहेको महिला हिंसा, छाउप्रथा तथा बाल विवाह न्यूनिकरणको अभियानमा लागिपरेका हुन् । सोहि अनुरुप जिल्लाको पश्चिम क्षेत्रमा पर्ने ठाटीकाँध गाउँपालिकाको वडा नं. १ र ५ ले यस अघि नै समिति गठन गरिसकेका थिए भने शनिवार वडा नं. २ ले पनि समिति गठन गरेको छ ।
शनिवार वडा अध्यक्ष रुपलाल विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले हिमबहादुर शाहीको संयोजकत्व मा ११ सदस्यीय समिति गठन गरेको छ । गाउँपालिका स्तरबाट सबै कार्यहरु संचालन गर्न नसकिने भएकाले वडास्तरबाटै अभियान थालनी गरेको वडाध्यक्ष रुपलाल विश्वकर्माले बताउनुभयो ।
गाउँपालिकाले कुप्रथा न्यूनिकरण गर्ने कार्यक्रमका लागि निणर्य गरिसकेको छ, अब हामी वडा स्तरबाटै अभियानलाई तिब्रता दिन्छौ, हाम्रो वडा आमी आफै समृद्ध बनाउँछौ, वडाअध्यक्ष विश्वकर्माले भन्नुभयो ।अभियानलाई स्थानीय नागरिकहरुले समेत सहयोग गर्ने भएका छन् । सोहि वडाकी मनसरा विष्टले अभियानलाई सहयोग गर्ने बताउँदै अभियान सफल भए महिलाहरुले भोग्नुपरेको समस्या हटेर जाने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाले विभिन्न तवरणबाट महिलाको परिर्वतनमा आवाज उठाएता पनि समस्या भने ज्युँको त्युँ नै रहेका अनपढ महिलाहरुको गुनासो छ ।

प्रतिक्रिया