वा ! गजेन्द्र सर !!!

वा ! गजेन्द्र सर !!!

विद्यालयले खाजा खर्चबापत मासिक १/२ हजार रुपैयाँ दिन्छ । तर, उनी खुसीसाथ पूरै समय विद्यालयलाई दिन्छन् । उनी भन्छन् ‘नानीबाबुको ओठमा हाँसो देख्दा निकै आनन्द लाग्छ, अब मेरो सपना यहाँका विद्यार्थीलाई उच्च शिक्षा दिलाएर समाज बदल्ने हुनेछ ।’

लक्ष्मी भण्डारी /सुर्खेत-गुर्भाकोट नगरपालिका १४ गुमी स्थित जनसंयुक्त प्रा।वि।मा केही वर्ष अघिसम्म विद्यार्थी संख्या न्यून थियो । तब गजेन्द्र राना शिक्षकका रूपमा प्रवेश गरे । अहिले जनसंयुक्तमा विद्यार्थीको चाप बढेको छ । स्वयमसेवी शिक्षकका रूपमा आएका उनले विद्यालयको माहोल नै बदलेका छन् । जब उनी काठमाडौंबाट जन्मस्थान सुर्खेतको गुमीमा फर्किए तब उनले त्यहाँ सरकारी विद्यालयमा भइरहेको विकृति राम्रोसँग हेर्ने मौका पाए । अनि उनलाई काठमाडौं फर्किन मन लागेन र सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने निधो गरे । त्यो पनि निःशुल्क रुपमा विद्यालयमा पढाएर ।

उनले सरकारी विद्यालयमा हुने गरेको विकृति देखे जसले गर्दा शैक्षिक गुणस्तर खस्किएको अवस्था छ । रानाले शिक्षकहरू विद्यालयमा जाँडरक्सी खाएर आउने, विद्यार्थी पनि दिनभरि माटो खेलेर घर फर्किने । विद्यालयको यस्तो अवस्था देखेपछि उनलाई काठमाडौं फर्किन मन लागेन । त्यसैले उनले स्वयमसेवी शिक्षक भएर गाउँको विद्यालयलाई सुधार्ने योजना बनाए ।

अहिले साँच्चिकै जनसंयुक्त प्रा.वि. बदलिएको छ । उतिबेला विद्यालयमा २२ विद्यार्थी अध्ययनरत थिए । अहिले करिब १ सय ५० विद्यार्थी छन । त्यहाँ उनले अंग्रेजी माध्यमबाट पढाउन थाले तब निजी विद्यालयबाट पनि विद्यार्थीहरु आउने क्रम बढ्यो । ‘गजेन्द्र सर आएपछि विद्यालयले अंग्रेजी माध्यमबाट पढाउन सुरु गर्यो, त्यसपछि त विद्यार्थी पनि बढे,’ विद्यालय व्यवस्थापन समिति सदस्य कुलबहादुर थकालीले भने, ‘बिना तलब पढाउने उहाँको सहयोगबाट विद्यालयको स्तर सुध्रिएको छ ।’

गजेन्द्र सरले आफ्नो निजि खर्च कसरी धान्छन् ?

त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका उनी विद्यालयमा निःशुल्क पढाउँछन  । विद्यालयले खाजा खर्चबापत मासिक १र२ हजार रुपैयाँ दिन्छ । तर, उनी खुसीसाथ पूरै समय विद्यालयलाई दिन्छन् । उनी भन्छन् ‘नानीबाबुको ओठमा हाँसो देख्दा निकै आनन्द लाग्छ, अब मेरो सपना यहाँका विद्यार्थीलाई उच्च शिक्षा दिलाएर समाज बदल्ने हुनेछ ।’

विद्यालयको पहिले र अहिलेको स्थिति

जनसंयुक्त विद्यार्थी कम हुँदा अर्को विद्यालयसँग मर्ज हुने अवस्थामा पुगेको थियो । अहिले स्तरोन्नति भई ८ कक्षासम्म चलाउने तयारी छ । ‘गजेन्द्र सर नआएको भए यो विद्यालय आजसम्म अन्य विद्यालयमा मर्ज भइसक्थियो, हामीलाई त ढुंगा खोज्दा देउता भेटिएझैं भएको छ,’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष हस्तबहादुर सुनारले भन्छन्, ‘गजेन्द्र सर भनेपछि विद्यार्थी हुरुक्कै हुन्छन, बोर्डिङ छाडेर आउनेको संख्या पनि बढेको छ ।’ विद्यार्थी बढेपछि निजीस्रोतबाट शिक्षक पनि थपिएको उनले बताए ।

गजेन्द्रले विद्यालयमा आउने बित्तिकै अंग्रेजी माध्यमबाट पढाइ सुरु गरे । जसले गर्दा महंगो शुल्क तिरेर बोर्डिङ पढ्ने विद्यार्थीलाई यसले आकर्षित गर्यो । गजेन्द्रकै सल्लाहमा विद्यालयले पोशाक अनिवार्य गर्यो । गजेन्द्र सरको प्रवेशले विद्यालय परिवर्तन भएपछि स्थानीय अभिभावकहरु पनि दंग छन् । अहिले गाउँका बोर्डिङ स्कुलसमेत पछि परेका छन । आजभोली अन्य विद्यालयले समेत सिको गर्न थालेका छन् ।

जनसंयुक्तलाई सुधारेसँगै गजेन्द्रले त्यस्तै अर्को कुनै विद्यालयलाई सुधार्ने योजना बनाएका छन् । तर, विद्यार्थी, शिक्षक र अभिभावकको मायाले उनलाई विद्यालय छाड्न सजिलो छैन ।

यहाँका अभिभावक, शिक्षक र विद्यार्थी सबैको सहयोगबाट परिवर्तन सम्भव भएको उनी बताउँछन् । ‘पढ्न भनेर स्कुल आएका विद्यार्थी दिनभरि फोहोर कपडासँगै माटोमा खेलेर घर फर्केको देख्दा नराम्रो लाग्थ्यो,’ उनी भन्छन्, ‘अहिले हाम्रो अवस्था देख्दा एकदमै खुसी लाग्छ ।’ गजेन्द्र सर मात्र होईन उनको काम देखेर गुर्भाकोट नगरपालिका उपप्रमुख मैना विक पनि खुसी छन् । एकजना व्यक्तिले चाहे परिवर्तन सम्भव हुने उनको भनाई थियो । ‘गजेन्द्र सरले हामीलाई नसोचेको कुरा प्रदान गर्नुभएको छ,’ उपप्रमुख मैनाले भनिन, ‘उहा“कै सहयोगमा आगामी शैक्षिक सत्रबाट विद्यालयमा कक्षा थप गर्ने सोच बनाएका छौं ।’ पछिल्लो समय गजेन्द्रको प्रेरणाबाट नमुना बनेको विद्यालयमा अहिले देश–विदेशबाट सहयोग आउने क्रम बढेको छ ।

यस्तो उत्प्रेरणाको केहि अंक्ष हामीले पनि सिक्न सके

आम मान्छेहरु जागीरप्रति त्यति सन्तुष्ट हुँदैनन् । अझै पैसा कम हुने भएपछि उनीहरुको काम गर्ने जागर चल्दैन भन्दा पनि हुन्छ । उनी यस्ता शिक्षक छन् जसले विगत पाँच वर्ष यता निःशुल्क रुपमा पढाउँदै आएका छन् । उनी तलब भन्दा पनि विद्यार्थीको भविष्य प्रति चिन्ता गर्छन् । त्यतिमात्र होइन विद्यार्थीका हरेक समस्याहरुसँग उनी सँगै हुन्छन् । जसले गर्दा सबै विद्यार्थी र अभिभावकको मन जित्न सफल भएका छन् । यस्ता छन् सुर्खेत —गुर्भाकोट–१४ का गजेन्द्र राना ।

प्रतिक्रिया