कापी नपाउँदा बालश्रमीक !
गोविन्द केसी
दैलेख, असोज २६ – बालेकाँडा माध्यमिक विद्यालय भैरीकालिकाथुममा कक्षा ६ मा पढ्ने र ११ वर्षिय राजेश रिजाल पढाईमा तेज छन् । कक्षा ५ उत्तिर्ण हुँदा प्रथम भएका राजेश गरिवीकै कारण बालश्रमीक हुन पुगे । पढाईमा तेज राजेशका लागि विद्यालयमा लेख्ने कापी नहुँदा १ महिना बालश्रीमक हुन पुगेका हुन् ।
आमासंग कापी किनिदिन राजेशले बारम्वारभन्दा समेत नपाएपछि घरै छोडेर दैलेख सदरमुकामको एक होटलमा बालश्रीमक भएर काम गरे । मासिक १५ सयमा उनीहरु बालश्रमीकका रुपमा काम गरेका थिए । गरिवीका कारण कापी किन्ने पैसा समेत नभएका राजेशले कापी मागेकै कारण सिस्नेपानी समेत खानुप¥यो । पढ्ने ईच्छा हुँदाहुँदै पनि राजेश कामको खोजीमा घरबाट निस्कनुप¥यो । łपढौं भने कपी किन्नका लागि घरमा पैसा समेत थिएन् । राजेशले भने, दिनहुँ कपीका लागि आमालाई कचकच गर्दा सिस्नेपानी लगाउनुभयो । पढ्ने कुरै भएन् अनी काम गर्न हिडे । १ महिना बालश्रमीकका रुपमा काम गरेका राजेश र उनका साथी १२ वर्षिय जयबहादुर विकलाई बालश्रमबाट मुक्त गराएर घरमै पु¥याएपछि उनीहरुका आफन्तले हर्षको आशु समेत निकाले । उनीहरुलाई लिन आमा र दाई आएका थिए । आमा र दाई आएसंगै गाँउभरीका आफन्तहरु समेतको ठुलो भिड् नै लाग्यो । गरिवीका कारण पढाउन नसकेको स्विकारदै राजेशकी आमा पदमकला रिजालले कपी किन्ने पैसा नहुँदा छोराले धेरै दुख पाएको भन्दै गहभरी आँशु निकाल्दै रोईन् ।
जयबहादुरको दाई उपेन्द्र भाईलाई लिन आएका थिए । जयबहादुर गाँउकै भैरव प्रावि पिपलचौतरामा कक्षा ५ मा पढ्छन् । łछोराको पढाई राम्रो भएपनि खाने खर्च समेत नहुँदा पढाउन कलमकापी किन्ने पैसाको जोहो कसरी गर्ने ? राजेशकी आमा पदमकलाले भनिन् पढाएर ठुलो मान्छे बनाउने ईच्छा हुँदाहुँदै पनि रोएर बस्नु परेको छ । ४ छोरा र ३ छोरी गरी ७ छोराछोरी भएका कदमकलाको परिवार आर्थिक अभावकै कारण श्रीमान पनि कमाईका लागि भारततिर हानिएका छन् । घर छोडेर गएपछि दुवै जनाको २ दिनसम्म खोजी गरिएको थियो । सदरमुकामको होटलमा काम गरेको खवर पाएपछि लिन जाने तयारी हुँदाहुँदै पनि जानेआउने खर्च नहुँदा जानै नसकिएको पदमकलाले बताईन् । घरमै आएको छोरालाई अगला हाल्दै भनिन् łअव मलाई छोडेर नजानु तेरो पढाईका लागि काम गरेर भएपनि खर्च निकाल्छु । यहाँसम्म छोरालाई ल्याईदिनुभएको सवैलाई धन्यवादसमेत बारम्वार दिईरहेकी थिईन् । उनीहरुलाई सामाजिक सेवा केन्द्रले उद्धार गरी घरमै पु¥याएको थियो । पढाईमा बाधा नपरोस् भनेर शौक्षिक सामाग्री र स्कुल पोशाक समेत किनेर दिएको सोसेकका संस्थापक अध्यक्ष हिरासिह थापाले बताए । łउनीहरुका आफन्तलाई दुवै बालक जिम्मा लगाईयो । सोसेकका संस्थापक अध्यक्ष थापाले भने, उनीहरुको पढाईका लागि बाधा नहोस् भनेर शौक्षिक सामाग्री र स्कुल पोशाक दिएका छौ । उनीहरुलाई निरन्तर भेटघाट गरी पढाईमा सहयोग गर्ने छौ ।
प्रतिक्रिया