सेवाप्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया

सेवाप्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया

डुङ्गेश्वर दैलेख– अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश संयोजक नारायण सुबेदीले दैलेखका जनप्रतिनिधि र समुदाय मानवअधिकार प्रवद्र्धनको काममा उत्तरदायी पाएको बताउनुभएको छ । इएलपी कार्यक्रमको हिजो डुंगेश्वरमा भएको सेवाप्रदायक र सेवाग्राहीबीचको अन्तरक्रियाका कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।
डुंगेश्वर गाउँपालिकाको वडा नं. १ र ६ गरी दुई वटा वडामा सञ्चालन गरिएको इएलपी परियोजनाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सरकारी सेवा सुविधाको पहुँचको अवस्था र सर्वसुलभ गराउन आपसी सहकार्य अभिबृद्धि गराउने काम सहयोग पु¥याइरहेको बताउनुभयो ।
डुंगेश्वर गाउँपालिकाको वडा नं. ६ का वडाध्यक्ष बमबहादुर बीसीले इएलपी परियोजनाले डुंगेश्वर गाउँपालिकाको विकास गतिविधिलाई सार्वजनिक गर्न र सेवाग्राहीको सन्तुष्टी जाँच्न माध्ययमको रुपमा काम गरेको भन्दै इन्सेकको प्रशंसा गर्नुभयो । वडाध्यक्ष बीसीले द्वन्द्वकालमा शान्तिको निम्ति इन्सेकको योगदान स्रहानीय रहेको बताउनुभयो ।
सेवाप्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया कार्यक्रममा देबीस्थान आधारभूत विद्यालयका छात्राहरु भगवती सुनार, अस्मिता पौडेल, झरना शाही, हेमन्ता अर्यालले विद्यालयको घेरबार, विद्यालयमा प्राथमिक उपचार, विज्ञान प्रयोशशाला लगायतका सुविधा अभाव रहेको समस्या दर्शाउनुभएको थियो । यी समस्या समाधानमा प्रसारत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुंगेश्वर गाउँपालिका वडा नं. ६ का वडा सदस्य तुलसी आचार्यले बताउनुभयो ।
कार्यक्रममा स्थानीय वासिन्दाहरुले डुंगेश्वरबजारमा युवा दुव्र्यसनीमा परेका, बजारमा म्याद नाघेका अखाद्य बस्तु बिक्री भइरहेका, कृषिमा व्यवसायिक सहयोगका विषयमा वडा कार्यालय गरिरहेको प्रयासहरुको जानकारी गराउदै महिला सदस्य मनसरा सुनारले डुंगेश्वरबजारमा छिट्टै स्वास्थ्य चौकी सुरु गर्न लागिएको बताउनुभयो ।
मानवअधिकार निगरानी समूहका संयोजक पिपला शाहीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार र इएलपी कार्यक्रमका जिल्ला सहजकर्ता उदय थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया