कृषकलाई घरदैलोमै प्राविधिक सेवा

कृषकलाई घरदैलोमै प्राविधिक सेवा

दैलेख – दैलेखको गुराँस गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका किसानलाई निशुल्क प्राविधिक सेवा दिने भएको छ । आर्थिक बर्ष २०७५/०७६ देखि व्यावसायिक कृषि गर्ने किसानको घरदैलोमा पुगेर सुझाव दिने भएका हुन । गाउँपालिकाले पशुपन्छी व्यावसायिक सुझाव पुस्तिका र कृषि व्यावसायिक सुझाव पुस्तिका किसानलाई वितरण गरि प्रत्येक महिना किसानको घरदैलोमै सुझाव दिइने भएको हो । यसका साथै गाउँपालिकाका किसानहरुको पहिचान गर्न सजिलो हुने भन्दै व्यावसायिक खेति र पशुपालनको रेकर्ड पनि राख्ने भएको छ ।
किसानको नाम, ठेगाना, ब्यबसायिक किसानको किसिम, र्फमको नाम, बालीको नाम फलफुलको हकमा विरुवाको संख्य जग्गाको क्षेत्रफल समेत उल्लेख गरिने छ । यसैगरी पशुपन्छीतर्फ ब्यबसायिक कृषकको नाम, ठेगाना, पशुपन्छीको संख्याको समेत रेकर्ड राखिने छ ।
परम्परागत कृषि प्रणालीलाई व्यावसायिक र स्वरोजगारमूलक बनाउने उद्देश्यले गाउँपालिकाले कृषि र पशुपन्छी शाखाका प्रविधिकलाई किसानसंग प्रत्यक्ष रुपमा सेवा प्रवाह गर्ने गरी योजना अघि बढाएको जनाएको छ । अब यस क्षेत्रका हरेक किसानको घरमा प्रविधिक सेवा उपलब्ध भए किसानलाई उत्पादकत्वमा बृद्धि हुने गाउँपालिकाको विश्वास छ । यसका साथै कृषि क्षेत्रमा आईपर्ने विभिन्न समस्याको समाधानमा सजिलो हुने भएको छ ।
कृषि जन्य वस्तुको रेकर्डमा तरकारी बालीको नाम उत्पादन के।जी।, फलफुल बालीको नाम र उत्पादन के।जी, खाद्यान्न बालिको नाम र उत्पादन केजी तथ्याङकमा राखिने भएको छ । साथै पशुपक्षि गाई, भैसी बाख्रा कुखुरा (बाँकी ३ पेजमा) हाँस परेवा बँुगुर, सुँगुरको रेकर्ड राखिने पुस्तिकामा उल्लेख छ । गाउँपालिकाले यसरी प्रत्यक्ष रुपमा किसानको रेखदेख गर्ने नीतिले किसानलाई कृषि खेतितर्फ झनै आकर्षित हुने बताइएको छ । गाउँपालिका र नीजि क्षेत्रविच साझेदारीमा कृषि व्यावसाय संचालन गर्नुका साथै वेरोजगार युवालाई स्वरोजगार बनाउने मुख्य कृषि प्रणली भएकाले यसतर्फ किसानलाई आकर्षण गर्न सके सिगो गाउँपालिका उत्पादन मा अत्मनिर्भर बन्न सक्ने गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए ।
उनले भने ‘प्राविधिक किसानको घरमा पुगे नपुगेको जानकारी हुनुका साथै किसानलाई राहात हुने भएकाले यो अभियान थालनी गरेका हाै ।’ आगामि आर्थिक वर्षमा गाउँपालिकाको किसानले उत्पादन गर्ने खेतिको पहिचान गर्न सजिलो हुने अध्यक्ष ओलीले बताए । पशुधनको गुणत्मक सुधार गरी पशुजन्य उत्पादकत्वमा वृद्धि गराउन पशु नश्ल सुधार, आहारा व्यवस्थापन, उन्नत पशुपन्छी वितरण, स्वास्थ्य सम्बन्धि तालिम, उन्नत प्रविधि प्रसार, पशु स्वाथ्य सेवा, पशु आहार आदि जस्ता कार्यक्रम संचालन हुने उनले जानकारि दिए । कृषिजन्य उत्पादकत्व वृद्धि गराउन फलफुल पकेट क्षेत्र, तरकारी पकेट क्षेत्र, तरकारीको बीउ उत्पादन र मसला उत्पादन पकेट क्षेत्रको निमार्ण गरिने भएका छन् ।
गाउँपालिकाको साझेदारी र अनुदान प्राप्त कृषकहरुले कृषि तथा पशुपन्छी व्यवसायलाई व्यावसायीकरुपमा निरन्तर दिन सहज हुने उद्देश्यले सो कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका नायब पशु स्वाथ्य प्रविधिक चिरञ्जीबी प्रसाद उपाध्यायले बताए । उनले भने ‘व्यावसायिक कृषिमा जुनसुकै सहयोग गर्न तयार छौं ।’

प्रतिक्रिया