राधा पौडेलको ‘अपवित्र रगत’

राधा पौडेलको ‘अपवित्र रगत’

काठमाण्डौ फाल्गुन १- मदन पुरस्कार विजेता लेखक राधा पौडेलको दोस्रो कृति ‘अपवित्र रगत’ सार्वजनिक भएको छ । महिनावारीमा केन्द्रित यो किताबमा राधाले आफ्नो अनुभवबाट सुरू गर्दै विभिन्न ठाउँका कथा संगालेकी छन् ।
पेसाले नर्स राधाले आफ्नो कामको सिलसिलामा नेपालका विभिन्न गाउँठाउँ पुग्दा देखे–भोगेका अनुभवहरूलाई ‘अपवित्र रगत’ मा समेटेको बताएकी छिन् ।

उनले ‘मितेरी जैविक स्यानिटरी प्याड’ नामक संस्था सञ्चालनमा ल्याएकी छन् । यो संस्थाले जैविक स्यानिटरी प्याड उत्पादन गर्दै आएको छ । हाल परीक्षणमा भएकाले बजारमा उपलब्ध भइसकेको छैन ।राधाले आफ्नो यही संस्थामार्फत् हुने विभिन्न अनुसन्धानका क्रममा भेटिएका महिनावारीका कथा किताबमा समेटेकी छन् । नेपालमा महिनावारीलाई ‘पाप’ को संज्ञा दिनेको अझै पनि ठूलो जमात छ ।

महिनावारीको रगतलाई अपवित्र मान्दै महिलाहरूमाथि विभेद हुन्छ । पिछडिएका गाउँमा महिनावारीका बेला गोठमा बस्दा धेरै महिला र उनका कलिला छोराछोरीले ज्यान समेत गुमाएका छन् ।यस्तै गाउँठाउँका ‘महिनावारी कथा’ समेट्दै राधाले आफ्नो दोस्रो कृति सार्वजनिक गरेको बताएकी छिन् ।‘अपवित्र रगत’ काठमाडौं पब्लिकेसनबाट प्रकाशन गरिएको हो । यसअघि प्रकाशित कृति ‘खलंगामा हमला’ले मदन पुरस्कार प्राप्त गरेको थियो । nari.ekantipur.com

प्रतिक्रिया