निणर्य प्रक्रियामा महिला सहभागिता

निणर्य प्रक्रियामा महिला सहभागिता

दैलेख–दैलेखको भगवतीमाई गाउँपालिकामा कार्यशाला गोष्ठि सम्पन्न भएको छ । वडा तथा गाउँपालिका तहको निणर्य प्रक्रियामा महिला सहभागिता विषयक ३ दिने कार्यशाला गोष्ठि सम्पन् भएको हो । गोष्ठि भगवतीमाई गाउँपालिकाको आर्थिक सहयोग, ग्रामिण जलस्रोत परियोजना र सामाजिका सेवा केन्द्र (सोसेक) को सहजिकरणमा भगवतिमाई गाउँपाकिा वडा नं १ बेस्तडामा सम्पन्न भएको हो । गोष्ठिमा निर्वाचित महिला सदस्य, शिक्षिका, महिला स्वंयम सेवीका, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनीधि लगाएत ५९ जनाको सहभागिता रहेको थियो । गोष्ठि समापन गर्दै गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले महिलाहरु वडा तह देखि गाउँपालिकाको निणर्य तहमा नेतृत्व तहमा पुग्न अग्रसर हुनुपर्ने बताउनुभयो । नेतृत्व तहमा पुग्नका लागि महिलाहरुको क्षमता विकास पनि महत्वपूर्ण हुने उहाँको भनाई छ ।

प्रतिक्रिया