कालिकोटको पलाँतामा देउडा तथा एकल गायन प्रतियोगिता

कालिकोटको पलाँतामा देउडा तथा एकल गायन प्रतियोगिता

कालिकोट – कालिकोटको पलाँता गाउँपालिकामा देउडा, एकल गायन तथा नाटक प्रस्तुत गरिएको छ । १०९ औँ अन्तराष्ट्रिय महिला दिवसको अबसरमा उक्त कार्यक्रम गरिएको हो । ‘लैङ्गिक समानताको लागि समान सोच र व्यवहार, समृद्धिको आधार’ भन्ने मुल नारा सहित पलाँता गाउँपाालिकाको साविकको खिन गाउँ विकास समितिमा खानेपानी, सरसफाई तथा महिला अधिकार विषयक देउडा गित प्रतियोगिता सम्पन्न भएको हो ।

पलाँता गाउँपालिकाको आयोजना सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, किडार्क, महिला साक्षरता तथा सशक्तिकरण परियोजनाको सहजिकरणमा उक्त कार्यक्रम गरिएको त्यहाँबाट नर्मा सुनारले जानकारी दिनुभयो । देउडा गित प्रतियोगितासँगै एकल गायन तथा नाटक प्रर्दशन गरिएको उहाँले ज्वाला सन्देशलाई जानकारी दिनुभएको छ ।

प्रतिक्रिया