भैरबीमा वक्तृत्वकला तथा साँस्कृति प्रतियोगिता

भैरबीमा वक्तृत्वकला तथा साँस्कृति प्रतियोगिता

दैलेख–भैरवी गाउँपालिका, महिला तथा बालबालिका शाखाको आयोजना तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, सु–आहारा, ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको सह–आयोजनामा महिला दिवस मनाइएको छ । लैङ्गिक समानताको लागि समान सोच र व्यवहार, समृद्धिको आधार’ भन्ने मुल नाराका साथ १०९ औं अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरि मनाइएको हो । दिवसका अबसरमा ‘लैङ्गिक सामानतामा महिलाको भुमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता तथा साँस्कृतिक प्रतियोगिता आयोजना गरिएको थियो ।

बक्तृत्वकला प्रतियोगितामा भैरबी गाउँपालिकाका ५ वटा वडा र साँस्कृतिक कार्यक्रममा भैरबी गाउँपालिकाका ७ वटै वडाहरुले भाग लिईएका थिए । बक्तृत्वकला तर्फ भैरबी गाउँपालिका – ६ कि दिपा योगी प्रथम, वडा नं. २ की रुपकला थापा द्धितिय, वडा नं. १ कि संगिता वि.क. तृतिय र वडा नं. ७ कि टिका पौडेल सान्तोना भएकी छन् । साँस्कृतिक तर्फ भैरबी गाउँपालिका वडा नं. ७ कि पुष्पा थापाको समुह प्रथम, वडा नं. २ कि बसन्ती थापाको समुह द्वितिय, वडा नं. ४ की कृष्णा विकको समुह तृतिय र वडा नं. १ कि लक्ष्मी थापाको समुह सान्तोना भएका छन् । भैरबी गाउँपालिका उपाध्यक्ष पदम कुमारी विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमा भैरबी गाउँपालिका अध्यक्ष प्रेम बहादुर बुढा, निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णु गिरी लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया