‘कुप्रथा’ रहित नगरपालिका बनाऔँ’

‘कुप्रथा’ रहित नगरपालिका बनाऔँ’

चामुण्डा –दैलेख)
कुप्रथा रहित नगरपालिका बनाउन सबैको सहयोगको आवश्यकता पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिका नगर–प्रमुख सूर्यबहादुर शाहीले बताउनु भएको छ । शुक्रबार जम्बुकाँधमा सेभ चिल्ड्रन, एभरेष्ट क्लव आर्थिक सहयोग र चामुण्डाविन्द्रासैनी नगरपालिका महिला विकास शाखाले आयोजना गरेको १०९ औँ अन्र्तर्राष्ट्रिय नारी दिवसलाई कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो ।
‘स्थानीय सरकार एक्लोको प्रयासबाट मात्र कुप्रथालाई नियन्त्रण गर्न सकिदैन ।’ ‘जबसम्म जनताहरु कुप्रथा विरुद्ध आवाज उठाउदैनन्, तबसम्म छाउपडि जस्ता कुप्रथाहरु समाजमा कायमनै रहनेछ ।’ ‘समाज कायम रहेको छाउपडि, बालविवाह, बहुविवाह र महिला हिसा जस्ता कुप्रथालाई निर्मुल गर्न सबैले आ–आफ्ना ठाँउबाट सहयोग गर्नुपर्छ ।’ उहाँले भन्नुभयो–
साथै महिलाहरुलाई आर्थिक रुपमा सक्षम बन्न सीप सक्नुपर्नेमा उहाँले जोडदिनु भयो । महिलालाई समक्ष बनाउन नगरपालिकाले सीपमुलक तालिमलाई प्रथामिकता दिएको बताउनु भयो ।
यसैगरी कार्यक्रममा उप–प्रमुख ताराकुमारी शाही (खत्री) ले मदिराको बिगबिगीका कारण महिला हिंसाका घट्नाहरु बढ्दै गएको बताउनु भएको छ । गाउँ गाउँ र टोल टोल सम्मै मदिारको बिगबिगी बढेको र पुरुष मान्छेहरु बिहानै देखी रातीसम्म मदिरा सेवन गरेर हल्लिने संस्कारको निकै बढेको छ । मदिराकै बिगबिगीका कारण महिला हिंसाका घट्ना बढ्दै गैरहेको उहाँको भनाई छ । न्यायिक समितिमा आउने उजुरी मध्य अधिकाँस उजुरीको छानविन गर्दा मदिराकै कारणले गर्दा महिला हिंसा घटनाहरु हुने गरेको जानकारी दिईन ।
उप–प्रमुख शाहीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष वीरबहादुर शाही, कार्यपालिका सदस्य खजुरा नेपाली, नेकपाका नेता हस्तप्रसाद शर्मा र नगर महिला संजालका अध्यक्ष अम्बीका बोहोरा लगायतको उपस्थिति रहेको चामुण्डाविन्द्रासैनी नगरपालिका महिला विकास शाखाका सहायक महिला निरिक्षक मायाकुमारी सिंहले जानकारी दिनुभयो ।
यसैबीच वडा नं. ५ र वडा नं. ७ मा १०९ औँ अन्र्तर्राष्ट्रिय नारी दिवस भव्य रुपमा मनाईएको छ । यता वडा नं. ५ मा महिला सदस्य लक्ष्मीकुमारी अध्यक्ष भएको कार्यक्रममा वडा अध्यक्ष नारायणप्रसाद रेग्मी, वडा सदस्य तुलि विक, वडा सदस्य नारायणप्रसाद शर्मा र वडा सदस्य धिर्जबहादुर कार्कीको उपस्थिति रहेको थियो ।
उता वडा नं. ७ का दलित महिला सदस्य नैनकला सुनारको अध्यक्षता भएको कार्यक्रममा कार्यपालिका सदस्य धनकुमारी शाही लगायत वडा स्थित राजनीति दलका प्रमुख एवम् प्रतिनिधिको उपस्थिति रहेको वडा सचिव धोपेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया