महिला दिवसमा जिल्लाभर विविध कार्यक्रम

महिला दिवसमा जिल्लाभर विविध कार्यक्रम

‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार’ नारा सहित १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा आज दैलेखम आयोजित ¥यालीमा सहभागि प्रतिनीधि सभा सदस्य पार्वती कुमारी विशेन्के लगाएत ।
तस्विर : हिक्मत बहादुर नेपाली, दैलेख

दैलेख– दैलेख जिल्लाका एघार वटै स्थानीय तहले आ–आफनो केन्द्रहरुमा १०९ औँ अन्तराष्ट्रिय महिला दिवस विविध कार्यक्रमका साथ मनाएका छन् । ‘लैङ्गिक समानताको लागि समान सोच र व्यवहार, समृद्धिको आधार’ भन्ने मुल नाराका साथ जिल्लाका ११ वटै स्थानीय तहमा प्ले कार्ड तथा बाजागाजा सहित बजार परिक्रमा, वक्तृत्व कला, लोक गित लगाएतका प्रतियोगिता गरि दिवस भव्यताका साथ मनाइएको छ । जिल्ला सदरमुकाम दैलेख बजार, दुल्लु, भैरवी, चामुण्डा, ठाटीकाँध, गुराँसे, डुङ्गेश्वरको डाडापराजुल, भगवतीमाईको वेस्तडा, नौमूलेको नौमूले बजार, महाबुको गैडाबाँजमा गाउँपालिका तथा नगरपालिकाको अयोजनामा विविध कार्यक्रम गरि दिवस मनाइएको हो ।
जिल्ला सदरमुकाम दैलेख बजारमा नारायण नगरपालिका, महिला तथा बालबालिका शाखाको आयोजना तथा जिल्ला समन्वय समिति दैलेखको समन्वय र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख लगाएतका सामाजिक संघ संस्थाको सहआयोजनामा विविध कार्यक्रम सम्पन्न भएका छन् । सोहि अबसरमा महिला अधिकार प्राप्तीका लागि संघर्षरत महिलाहरुलाई सम्मान समेत गरिएको छ । नारायण नगरपालिका दैलेखका उपप्रमुख सावित्री मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनीधि सभा सदस्य पार्वती कुमारी विशुन्के, जिसस दैलेखका प्रमुख प्रेम बहादुर थापा, नारायण नगर प्रमुख रत्न बहादुर खड्का लगाएत सहभागि थिए । दिवसका अबसरमा प्रतिनीधि सभा सदस्य पार्वती कुमारी विशुन्केले सामाजिक रुपमा रहेका छाउप्रथा, बाल विवाह र महिला हिंसा न्यूनिकरणका लागि सरकारी तथा गैरसरकारी निकायहरुको हातेमालो जरुरी रहेको औल्याउनुभयो । जिसस दैलेखका प्रमुख प्रेम बहादुर थापाले बाल विवाह न्यूनिकरणका लागि विवाहको निम्तो आएमा उमेर सोधेर उमेर नपुगेको भए बहिष्कार गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया