घरेलु हिंसा, छाउप्रर्था र बाल विवाह सम्बन्धि नाटक तथा लोक गित प्रतियोगिता

घरेलु हिंसा, छाउप्रर्था र बाल विवाह सम्बन्धि नाटक तथा लोक गित प्रतियोगिता

दैलेख (दुल्लु) – १०९ औँ अन्तराष्ट्रिय महिला दिवसको अबवरमा दुल्लु नगरपालिका–११ मा पनि विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । ‘लैङ्गिक समानताको लागि समान सोच र व्यवहार, समृद्धिको आधार’ भन्ने मुल नारा सहित दिवसका अबसरमा घरेलु हिंसा, छाउप्रर्था, बाल विवाह लगाएतका सामाजिक कुरिति र कुसंस्कार विरुद्ध लोक गित प्रतियोगिता तथा नाटक प्रस्तुत गरिएको हो ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा संचालित एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम र महिला सशक्तिकरण मञ्च दैलेखको आर्थीक सहयोगमा दुल्लु नगरपालिका–११ स्थित महिला शसक्तिकरण समितिको आयोजनामा उक्त कार्यक्रम गरि दिवस मनाइएको हो । समितिका अध्यक्ष मान कुमारी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा दुल्लु नगरपालिका वडा न.ं ११ का वडाध्यक्ष खगेन्द्र बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अझै पनि समुदायमा अझै पनि अन्धविश्वासका कारण रहेका कुरिति र कुसंस्कारको रुपमा रहेको छाउपडिका कारण महिलाहरु महिनावारी भएका बेला गोठमा बस्नुपर्ने बाध्यात्मक अवस्थालाई गित, हाउभाउ र मन्तव्य द्धारा प्रस्तुत गरिएको त्यहाँबाट ललिता कुमारी भण्डारीले जानकारी दिनुभयो ।


उहाँका अनुसार कार्यक्रममा सहभागि महिलाहरुले कानुनी रुपमा २० बर्ष उमेर पुरा नभएसम्म विवाह गर्न नपाउने उल्लेख गरिएको भएपनि बाल विवाहको प्रचलनले महिलाहरुलाई असर पारिरहेको, महिला अधिकारहरु कानुनमा समावेश गरिएतापनि कार्यान्वयन फितलो भएका विषयहरुलाई गित मार्फत प्रस्तुत गरेका थिए । कार्यक्रममा वडाका जनप्रतिनीधि, स्थानीय महिलाहरु, विभिन्न सरकारी तथा गैससका प्रतिनीधिहरु सहभागि थिए ।

प्रतिक्रिया