आली टोलमा सिचाँई सुविधा

आली टोलमा सिचाँई सुविधा

दैलेख चैत ३- सुदरपश्चिम प्रदेशको अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका–५ स्थित आलीटोलमा सिचाँई सुविधा पुगेको छ । कर्णाली नदीको किनारमा रहेको उक्त टोलमा सिँचाइ सुविधा मात्र हैन खानेपानी समेत छैन् । बाह्रै महिना कर्णालीको पानी पिउनु उनीहरुको बाध्यता छ । खानेपानी सुविधाबाट समेत बञ्चित भएका यहाँका ५४ घरधुरीका लागि सिचाई सुविधा पनि खुसीयाली छाएको छ । वर्षौंदेखि आँगनैअगाडि कर्णाली नदी बगेको देख्न मात्र पाएका स्थानीय अब भने त्यो पानी उपयोग गर्न पाउने भएपछि खुसी बनेका छन् ।
कर्णाली नदीसँगै जोडिएको खोलाको पानीलाई ¥याम्प पम्प विधिमार्फत उक्त गाउँमा सिँचाइ सुविधा पु¥याइएको हो ।

करिब १६ लाखको लागतमा उक्त प्रविधिमार्फत सिँचाइ पोखरी निर्माण गरिएको हो । उक्त योजनाबाट स्थानीय ५४ घरधुरी लाभाम्वित हुनेछन् । पानीको मुहानदेखि करिब तिन सय मिटर माथिसम्म पानी पु¥याइएको छ । १५–१५ हजार लिटरको क्षमता भएका पोखरीबाट सबै घर धुरीले बाह्रै महिना सिँचाइ सुविधा पाउनेछन् । सिँचाइ कुलोको कुनै सम्भावना नरहेको उक्त टोलमा यो प्रविधिमार्फत सिँचाइ सुविधा दिन थालिएको हो । सिँचाइ पोखरी निर्माणमा सक्रिय रहेका स्थानीयहरूले अबको ३ महिनाभित्रै तरकारी उत्पादन गर्ने लक्ष्य लिएका छन् ।
उक्त सिचाई आयोजनाको शनिवार पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउने, सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखका अध्यक्ष हीरासिंह थापा, पञ्चदेवल विनायक नगरपालिकाका – ५ का अध्यक्ष कुल बहादुर बुढा, वडा नम्बर ८ का अध्यक्ष तारा प्रसाद खनाल, ४ का अध्यक्ष सर्जन बहादुर शाही लगायतको टोलीले संयुक्त रुपमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा गरिएको छलफलमा पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउनेले प्रकृति बरदान दिएको सुन्दर बस्तीलाई कृषि तरकारी पकेट क्षेत्रको रुपमा विकास गर्ने बताउनुभयो । यहाँ बनाइएका संरचनाहरु स्थानीय समुदायले अपनत्व लिनुपर्ने बताउँदै उपप्रमुद चलाउनेले नगरपालिकाले यहाँका कृषकहरुलाई विउविजन तथा प्राविधिक सहयोग गर्न तयार रहेको बताउनुभयो । खानेपानी समस्या समाधानका लागि नगरकार्यपालिकाको बैठकले रु ७ लाख रुपैयाँ विनियोजन गरिसकेको उहाँको भनाई छ । ‘खानेपानी समस्या समाधानका लागि बजेट विनियोजन भईसक्यो,’ तत्काल काम सुरु गरेर अबको केहि समय भित्रै यहाँ खानेपानी पु¥याउनेछौ,’ उहाँले भन्नुभयो ।

सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखका अध्यक्ष हीरासिंह थापाले आलीटोलमा सिचाईले यहाँका नागरिकको जीवन स्तर सुधार हुने बताउनुभयो । सिचाई सुविधा आएपछि तरकारी खेती गर्न आग्रह गर्नुहुँदै अध्यक्ष थापाले तरकारी बिक्रीका लागि बजारको समस्या नभएको उहाँको भनाई छ । आलीलाई नमुना गाउँ बनाउनुपर्ने बताउँदै अध्यक्ष थापाले यो बस्तीमा रहेको बाल विवाह, छाउप्रर्था लगाएतका सामाजिक कुरिति र कुसंस्कारहरु अन्त्य हुनुपर्ने बताउनुभयो । छाउप्रथाका कारण धेरै महिलाहरु पिडित भईरहेको बताउँदै अध्यक्ष थापाले यस्ता समस्या समाधानका लागि सबै लाग्नुपर्ने उहाँको धारणा छ । सोहि अबसरमा स्थानीयले बस्तीका समस्याहरु राखेका थिए ।

प्रतिक्रिया