कर्णालीलाई नयाँ मोडलले विकास गर्छौ – सभामुख शाही

कर्णालीलाई नयाँ मोडलले   विकास गर्छौ – सभामुख शाही

दैलेखमा कर्णाली प्रदेश योजना आयोगद्धारा दैलेखमा आयोजित प्रथम आवधिक योजनाको आधारपत्र तर्जुमाका लागि सुझाव संकलन गोष्ठिमा मन्तब्य दिनुहुँदै कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही । तस्विर – हिक्मत बहादुर नेपाली, दैलेख

हिक्मत बहादुर नेपाली
दैलेख –
कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले कर्णालीको विकासमा नयाँ मोडल लागु हुने बताउनुभएको छ । कर्णालीमा भएका प्राकृतिक श्रोत साधनलाई सहि रुपमा परिचालन गरेर असन्तुलीत र वितरणमुखी योजनालाई सन्तुलनमा ल्याएर कर्णालीको विकास गर्ने उहाँको भनाई छ । कर्णाली प्रदेश योजना आयोगद्धारा आज दैलेखमा आयोजित प्रथम आवधिक योजनाको आधारपत्र तर्जुमाका लागि सुझाव संकलन गोष्ठिमा सभामुख शाहीले भन्नुभयो ‘निश्चित व्यक्तिलाई मात्रै फाइदा पुग्ने खालका विकासे योजनाले मुलुकमा भयाभह अवस्था सृजना गरेको छ, त्यस्तो खाले विकासको परम्परा अब कर्णालीबाट तोडिनेछ ।’ स्थानीय सरकारलाई कृषि तथा पशुपालनको केन्द्र बनाउनुपर्ने बताउँदै सभामुख शाहीले योजना निर्माण गर्दा संबैधानिक दायरालाई उपेक्षा गर्न नहुने धारणा राख्नुभयो । संघियता कार्यान्वयनकै चरणमा रहेको बताउँदै सभामुख शाहीले संघियतालाई असफल बनाउने खालका अभिव्यक्ति नदिन स्थानीय तहका जनप्रतिनीधिहरुलाई आग्रह गर्नुभयो ।

दैलेखमा कर्णाली प्रदेश योजना आयोगद्धारा दैलेखमा आयोजित प्रथम आवधिक योजनाको आधारपत्र तर्जुमाका लागि सुझाव संकलन गोष्ठिमा मन्तब्य दिनुहुँदै कर्णाली प्रदेशका आर्थीक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला ।
तस्विर – हिक्मत बहादुर नेपाली, दैलेख

सोहि अबसरमा कर्णाली प्रदेशका आर्थीक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश सरकारले कर्णालीको वास्तविक चित्र कोरिरहेको बताउनुभएको छ । ‘प्रदेश सरकार गठन भएको एक बर्ष पुगिसक्दा समेत कुनै काम भएन भन्नु गलत हो,’ मन्त्री ज्वालाले भन्नुभयो ‘प्रदेश सरकारले कर्णालीको विकास र समृद्धिको जग हाल्दैछ ।’ कर्णालीको मुहार फेरिने गरी आवधिक योजना बनाएर काम गर्ने बताउँदै मन्त्री ज्वालाले अब असारे विकासको प्रवृति रोक्ने दावी गर्नुभयो । ‘बजेट खर्च गर्ने नाममा गरिने असारे विकासले विकासमा भद्रगोल अवस्था सृजना गरेको छ, उहाँले भन्नुभयो ‘ त्यस्तो प्रवृति कर्णाली सरकारले अन्त्य गर्छ ।’
कर्णाली राजमार्ग र मध्यहाडी राजमार्ग दैलेखको भाग्य रेखा भएको भन्दै मन्त्री ज्वालाले सुर्खेत–दैलेख सुरुङ मार्गको योजना अघि सारेको दाबी गर्नुभयो । माथिल्लो कर्णाली जलविद्युत आयोजना बन्ने नबन्ने बारे केन्द्र सरकारसंग समन्वय गरेर छिटै टुंगो लगाउँछौ, उहाँले भन्नुभयो ‘दैलेखमा कृषि प्राविधिक शिक्षालय बनाउने योजना कर्णाली प्रदेश सरकारले टुंगो लगाईसकेको छ, सोहि अनुरुप काम सुरु हुन्छ ।’ अर्को प्रशंगमा मन्त्री ज्वालाले दैलेखमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरिने बताउनुभयो ।

दैलेखमा कर्णाली प्रदेश योजना आयोगद्धारा दैलेखमा आयोजित प्रथम आवधिक योजनाको आधारपत्र तर्जुमाका लागि सुझाव संकलन गोष्ठिमा मन्तब्य दिनुहुँदै कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा.पुण्यप्रसाद रेग्मी ।
तस्विर – हिक्मत बहादुर नेपाली, दैलेख

कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा.पुण्यप्रसाद रेग्मीले मुलुकका अन्य प्रदेश भन्दा कर्णालीको विकासको मोडल फरक रहेको बताउनुभएको छ । ‘कर्णालीसँग अन्य प्रदेश भन्दा बढि जल, जमिन र जडिबुटी छ, हाम्रो प्रदेशमा पाईने जडिबुटी अन्य कुनै पनि प्रदेशमा पाईदैन्, रेग्मीले भन्नुभयो ‘यहाँ भएका पशुपंक्षी र जंगली जनावरहरुको राम्रो अध्ययन अनुसन्धान हुन सकेको छैन्, त्यस्ता सम्भाव्यताहरुलाई अध्ययन अनुसन्धान गरेर कर्णालीको विकासको मोडल मौलिकतामा आधारित हुनेछ ।’
कर्णालीको प्राकृतिक स्रोत सम्पदालाई आधार बनाएर कर्णालीको धरातलमा उभिएर योजना निर्माण गर्ने उहाँको भनाई छ । योजना निर्माण गरेर मात्रै विकास सम्भव नभएको बताउँदै रेग्मीले योजना आयोगले योजना निर्माण गर्दा कार्ययोजना बनाउने बताउनुभयो । ‘कर्णाली प्रदेशको पञ्चबर्षिय योजनाको दिर्घकालिन सोच, लक्ष, उदेश्य र रणनीति हुन्छ, त्यसपछि कार्यक्रम कार्ययोजना पनि हुन्छ,’ उहाँले भन्नुभयो ।
सोहि अबसरमा योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकायले कर्णाली प्रदेशको प्रथम पञ्चबर्षिय योजनाको सोच लक्ष, उदेश्य र रणनीतिबारे जानकारी गराउनुभएको थियो । दैलेखका ११ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख÷अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत सहभागि कार्यक्रममा कर्णालीका सांसद धर्मराज रेग्मी, सुशिल थापा, अम्मर बहादुर थापा, लगाएतले कर्णाली विकासको मोडलबारे धारणा राखेका थिए ।

प्रतिक्रिया