घरपरिवारको वातावरण बालमैत्री बनाउन ‘आचारसंहिता’

घरपरिवारको वातावरण  बालमैत्री बनाउन ‘आचारसंहिता’

ज्वाला संदेश
कालिकोट चैत १४ ।
बालमैत्री घर निर्माण गर्नका लागि आचारसंहिता निर्माण गरिएको छ । कालिकोटको पलाँता गाउँपालिका वडा नं. ९ कन्थवाडा टोलमा आचारसंहिता निर्माण गरिएको हो । एइआइएन लक्जेक्वर्गको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा संचालित महिला युवा तथा बाल अधिकार प्रर्वद्धनका लागि (आधार) परियोजनाको सहजिकरणमा आचारसंहिता निर्माण गरिएको हो । बालबालिकाका लागि घरमा आचारसंहिता निर्माणका लागि सहजिकरण कार्यक्रम गरि पलाँता गाउँपालिका वडा नं. ९ कन्थवाडा टोलका १२ बर्षिया बालक राजेन्द्र बमको घरमा आचारसंहिता निर्माण गरिएको त्यहाँबाट सजना सुनारले जानकारी दिनुभएको छ ।

आचारसंहितमा अभिभावकले बालबालिकालाई अध्ययनका लागि शान्त वातावरण तयार गर्ने, घरपरिवारको निर्णण प्रक्रियामा बालबालिकालाई सहभागि गराउने, बालबालिकालाई नियमित रुपमा विद्यालय पठाउने, घरमा अध्ययन गर्ने वातावरण सृजना गर्ने उल्लेख गरिएको छ । यस्तै बालबालिकालाई मनोरञ्जनमा सहभागि हुने वातावरण बनाउने, बालबालिकालाई मध्यपान तथा धु्रमपान किनबेचमा संलग्न नगराउने उल्लेख गरिएको छ । आचारसंहिता बालक राजेन्द्र बम र उनका अभिभावकले संयुक्त रुपमा छलफल गरि निर्माण गरेका हुन् ।
उक्त आचारसंहिता प्रतिनीधिमुलुक रुपमा एक घरका लागि निर्माण गरिएको र टोलका अन्य घरपरिवारले पनि एक साता भित्र आचारसंहिता निर्माण गर्ने बताईएको छ ।

त्यस अघि बाल क्लबका पदाधिकारी, महिला स्वास्थ्य स्ंयमसेवीका, आमा समुहका पदाधिकारी, शिक्षिक तथा विभिन्न गैससका प्रतिनीधिहरु सहित ५४ जनाको सहभागितामा आचारसंहिताबारे छलफल गरिएको थियो । समुहगत रुपमा गरिएको छलफलमा आचारसंहिताको महत्व, आवश्यकता, बालमैत्री घर तथा सुन्दर र वातावरण बनाउन आचारसंहिताको भूमिका तथा निर्माणका बारेमा सहभागिलाई जानकारी गराईएको थियो । आचारसंहिता निर्माणसंगै बच्चालाई मात्र नभई अभिभावकलाई समेत सहज बनाउनेछ । आचारसंहिता निर्माणको सहजिकरण संस्थाका कर्मचारी सजना सुनार, निलविक्रम बम र इन्द्र बहादुर थापाले गरेका थिए ।

प्रतिक्रिया