सोसेकको जिम्मेवारी बाडफाँड

सोसेकको जिम्मेवारी बाडफाँड

दैलेख चैत १५ ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको कार्यसमितिको जिम्मेवारी बाडफाँड गरिएकाे छ ।
कार्य समितिको २०७५ चैत ७ गते विहिवार वसेको बैठकले महासचिवमा दुर्गा कुमारी श्रेष्ठलाई जिम्मेवारी ताेकेकाे छ । बैठकले कार्यसमितिको जिम्मेवारी बाडफाँड गर्दै श्रेष्ठलाई महासचिवको जिम्मेवारी प्रदान गरेको हो । यस्तै कार्यसमितिको सचिवमा लक्षमण कुमार कार्की र कोषाध्यक्षमा तारा कुमारी बोगटीलाई जिम्मेवारी तोकिएको संस्थाका अध्यक्ष हीरासिंह थापाले जानकारी दिनु भयो । अध्यक्ष थापाका अनुसार संस्थाको निवर्तमान अध्यक्ष मञ्जु कुमारी खड्का, उपाध्यक्षमा विर बहादुर नेपाली, सदस्यहरु टीका देवी जैसी, कल्पना थापा, कमला चन्द, कमला कुमारी नेपाली (वादी), कृष्णा रावत हुनुहुन्छ ।
पदाधिकारीलाई साझेदार संस्थाको फोकल व्यक्तिकाे जिम्मेवारी

विहिवार बसेको संस्थाको कार्य समितिको बैठकले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा विभिन्न साझेदार संस्थाको सहयोगमा संचालित परियोजनामा संस्थाका पदाधिकारीलाई कार्यक्रमको फोकल व्यक्तिको जिम्मेवारी तोकिएको छ । जसमा संस्थाका उपाध्यक्ष विर वहादुर नेपालीलाई आधार र आरविएलआईवि परियोजना, महासचिव दुर्गा कुमारी श्रेष्ठलाई सहयात्रा दोश्रो परियोजना, सचिव लक्ष्मण कुमारी कार्कीलार्य आईडब्लुआरएमपी र साकार परियोजनाको फोकल व्यक्ति तोकिएको छ । यस्तै कोषाध्यक्ष तारा कुमारी वोगटीलाई वाल हेल्पलाईन र सेल्टर संयोजक, सदस्य टीका देवी जैसी आशा परियोजना,सदस्य कमला चन्द ग्रामिण जलश्रोत व्यवस्थापन परियोजना (नौमुले) सदस्य कृष्णा रावत ग्रामिण जलश्रोत व्यवस्थापन परियोजना भगवतिमाई र सदस्य कल्पना थापालाई काठमाण्डौं समन्वयको जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया