देवी ओली स्मृति बाल पुरस्कार दैलेखका विकलाई

देवी ओली स्मृति बाल पुरस्कार  दैलेखका विकलाई

दैलेख चैत १८ ।
यस बर्षको देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार दैलेखका याम बहादुर विकलाई प्रदान गरिने भएको छ । रुद्ध–गौरी श्री अम्बिका ओली प्रतिष्ठान रुद्धपुर झापाले प्रदान गर्दैै आएको उक्त पुरस्कार यस बर्ष दैलेखको गुराँस गाउँपालिका वडा नं. ३ खुमका बालक याम बहादुर विकलाई प्रदान गर्ने निर्णय गरिएको हो । प्रतिष्ठानले एक विज्ञप्ती जारी गर्दै पुरस्कार बाल पुरस्कार दैलेखका विकलाई दिने घोषणा गरेको हो ।
बाल विवाह न्यूनिकरणका लागि चुनौतीपूर्ण कार्य गरि बाल हिंसा र लैगिंक हिंसाका विरुद्ध जनचेतनाको वृद्धिको लागि अनुकरणिय योगदानको मुल्याकन गरि पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । पुरस्कारको राशी ५१ हजार १ सय ११ रुपैंयाँ रहेको छ । आगामी २०७६ बैशाख ७ गते शनिबार काठमाण्डौको कमलादीको नेपाल प्रज्ञा प्रतिगष्ठानमा वांमय शताव्दी पुरुष डा. सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा पुरस्कार प्रदान गरिने प्रतिष्ठानद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
सरस्वती माध्यामिक विद्यालय कक्षा ११ मा अध्ययनरत विक दैलेख जिल्ला बाल सञ्जालको अध्यक्ष हुन । जिल्लामा जातिय विभेद अन्य गर्न सामाजिक जागरणमा अग्रसर यामबहादुरको नेतृत्वमा बालबालिकाका बिकासका लागि दर्जनौ कार्य गरेका छन् । उनले बाल क्लब भवन निर्माणमा आर्थिक सहयोग जुटाउनुको साथै बेचबिखनमा परेका महिला तथा बालबालिकाको अवस्थाबारे प्रहरी लगाएतका निकायमा खबर गरि पुर्नस्थापना गर्ने गरेका छन् ।
महिला हिंसा, बाल हिंसा विरुद्ध, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गर्न, गाउँ व्यवस्थापन समिति गठन गरी मदिरा नियन्त्रण गर्न तथा तत्कालिन गाउँविकास समितिलाई खुल्ला दिशामुक्त बनाउने जस्ता अभियानहरुमा पनि यामले नेतृत्वदनायी भूमिका निर्वाह गरेका थिए ।
यस्तै रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार लुम्ले क्षेत्रीय कृषि अनुसन्धान केन्द्र र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वरिष्ठ कृषि वैज्ञानिकको रुपमा कार्य गरेका नख्खु, ललितपुरमा स्थायी बसोवास गर्ने डा. केदार बुढाथोकीलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशी १ लाख १ हजार १ सय ११ रुपैंयाँ रहेको छ । गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार मानव अधिकार, चेलिबेटी बेचबिखनको बिरूद्दको अभियानमा क्रियाशिल भई महिला उत्थानको क्षेत्रमा उल्लेखनीय योगदान पु्याउनु भएकी सुनसरी, धरानकी सामाजिक अभियन्ता दुर्गा घिमिरेलाई प्रदान गरिने भएको छ ।
उक्त उक्त पुरस्कारको राशी १ लाख १ हजार १ सय ११ रुपैंयाँ रहेको प्रतिष्ठानले जनाएको छ । यस्तै अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार साढे चार दशक देखि नेपाली पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएका खरेल थोक, काभ्रेपलान्चोकका प्राध्यापक परशुराज खरेललाई प्रदान गरिने छ । उक्त पुरस्काकारको राशी १ लाख १ हजार एक सय ११ रुपैंयाँमात्र रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया