जोखिममा परेका बालबालिकाका अभिभावकलाई सहयोग

जोखिममा परेका बालबालिकाका अभिभावकलाई सहयोग

दैलेख चैत २० ।
दैलेख जिल्लाका विभिन्न स्थानका जोखिममा परेका बालबालिकाका अभिभावकलाई आर्थीक सहयोग गरिएको छ । सार्क विकास कोष अन्तरगर्त बाल हेल्पलाइन १०९८ (दश नौ आठ), सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको प्रविधिक सहयोग तथा समन्वयमा सहयोग प्रदान गरिएको बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले जानकारी दिनुभयो । जोखिममा परेका बालबालिकाहरुको अध्ययन र पालनपोषणमा सहयोग हुने गरि उनिहरुका अभिभावकलाई आर्थीक सहयोग गरिएको संयोजक श्रेष्ठले ज्वाला संदेशलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार नौमुले गाउँपालिका वडा नं. ७ सल्लेरी घर भई हाल नारायण नगरपालिका– १ दैलेखमा बस्दै आएकी हिरा बस्नेतलाई १९ हजार बराबरको खुद्रा पसलका सामग्री प्रदान गरिएको छ । आइतवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका महासचिव दुर्गा श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नारायण नगरपालिका–१ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठ, सोसेकका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठ लगाएतको उपस्थितीमा सहयोग उपलब्ध गराईएको हो । यस्तै डुङ्गेश्वर गाउँपालिका वडा नं. ५ की रत्ना न्यौपानेलाई २० हजार बराबरको खुद्रा पसलका सामग्री र डुङ्गेश्वर गाउँपालिका वडा नं. ५ की कृष्णा अधिकारीलाई २० हजार बराबरको बाख्रा पालनका लागि सहयोग प्रदान गरिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया