आकाशबाट दैलेख

आकाशबाट दैलेख

दैलेख-नारायण नगरपालिका–१ का जैमल नेपाली ६५ वर्षका भए । आँखैअगाडि मान्छे चिलजस्तै उडेपछि दंग परे, उनी । घरनजिकैको स्थानबाट चिलजस्तै उडेपछि उनले नेपालगन्ज हाट गएर १५ दिनमा घरमा पुगेको सम्झे । पन्ध्र दिन लगाएर हाटबाट आउने उनी आँखैअगाडि गाडी मात्रै होइन, आकासमै मान्छे उड्ेको देखेपछि दंग परे । ‘मुलकमा विकासले फड्को मार्दछ,’ उनी भन्छन्, ‘हाम्रा पालमा यस्तो थिएन ।’

दैलेखमा तीन वर्षअघि केही स्थानमा प्याराग्लाइडिङ परीक्षण गरिए पनि नियमित उडान यो वर्ष मात्र भएको हो । दैलेख महोत्सवको अवसर पारेर आयोजकले पाँच दिनसम्म प्याराग्लाइडिङका लागि व्यवस्थापन गरेपछि दैलेखमा धेरैले त्यसको अनुभूति गर्न पाए ।

दैलेखमा प्याराग्लाइडिº उडानका लागि धेरै स्थान छन् । चार हजार फिटमा रहेको महाबु, गीताचौर, मालिकालगायतका स्थानबाट उडान भर्न सकिन्छ

महोत्सवको सबैभन्दा आकर्षक नै प्याराग्लाइडिङ बन्यो । पहिलोपटक परीक्षण सम्भव नभएको बताइए पनि यसपटक भने पाँच दिनसम्म लगातार उडान गरेपछि भने त्यसको माग बढेको छ । दैलेखमा प्याराग्लाइडिङको व्यनवसायिक उडान गर्न र पञ्चकोसी धार्मिक क्षेत्र भ्रमणमा आउने दर्शनार्थीले आकाशबाट दैलेख बजार नियाल्न मौका पाएको दैलेख उद्योग वाणिज्य संघ महासचिव राजेश हमाल बताउ“छन् । दैलेखमा तीनवटा प्याराग्लाइडिङ गरिएको थियो ।

महाबु गाउँपालिका–३ का नवीन बुढाले दुई वर्षदेखि प्याराग्लाइडिङ उडान गरिरहेका छन् । भारतमा कोर्स पूरा गरेर नेपालमा आधिकारिक उडानको जिम्मेवारी पाएका उनले द एडभेन्चर प्याराग्लाइडिङमा काम गरेको बताए ।
‘दैलेखमा सम्भावना छ, हिमाल देखिन्छ, पर्यटकीय क्षेत्र सजिलै अवलोकन र ऐतिहासिक कोतगढीसमेत अवलोकन गर्न सकिने भएकाले परीक्षण गरेर व्यवसायमा लागेको हु“,’ उनी भन्छन् ।

तीन वर्षअघि प्याराग्लाइडिº परीक्षण गरिए पनि नियमित उडान यो वर्ष मात्र भएको हो । दैलेख महोत्सवको अवसर पारेर आयोजकले पा“च दिनसम्म प्याराग्लाइडिºका लागि व्यवस्थापन गरेपछि दैलेखमा धेरैले त्यसको अनुभूति गर्न पाए

दैलेखमा प्याराग्लाइडिङ उडानका लागि धेरै स्थान छन् । चार हजार फिटमा रहेको महाबु, गीताचौर मालिकालगायतका स्थानबाट उडान भर्न सकिन्छ । उडानस“गै ल्यान्डिङ गर्ने भूभाग आवश्यक पर्ने भएकाले तत्काल स्थान निर्माण भने भएको छैन । जिल्लामा पहिलोपटक सफल परीक्षण उडान गरेपछि प्याराग्लाइडिङ गर्नेको लर्को नै लागेको छ । दैलेखमा जन्मिएर पनि आकासबाट दैलेख नदेखेको उनीहरूका लागि मनमोहक लागेको स्थानीय महिला बताउ“छन् ।
पहिलोपटक २०७२ सालमा दैलेख उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा प्याराग्लाइडिङ परीक्षण गरिएको संघ पूर्वअध्यक्ष शान्ति शर्मा बताउ“छिन् । दैलेखमा सम्भावना भए पनि राज्यले उपेक्षामा राखेको उनको गुनासो छ । ‘हामी निजी क्षेत्र लगानी गर्न तयार छौं । त्यसको वातावरण राज्यले निर्माण गर्नुपर्छ,’ उनको माग छ । राजधानीबाट ।

प्रतिक्रिया