नगर शिक्षा ऐन ल्याउदै चामुण्डा

नगर शिक्षा ऐन ल्याउदै चामुण्डा

‘नमुना विद्यालय स्थापनम गर्न सुझाव’
दैलेख चैत २१ ।
प्रत्येक वडामा एउटा नमुना विद्यालय बनाउनु पर्नेमा एक कार्यक्रमका सहभागिहरुले सुझाव दिएका छन् । जम्बुकाँधमा चामुण्डाविन्द्रासैनी नगरपालिका अन्र्तगत सामाजिक विकास शाखाले नगर शिक्षा विद्येयक २०७५ को मस्यौदा माथि छलफल तथा सुझाव संकलनका लागि आयोजना गरिएको कार्यक्रममा सहभागिहरुले यस्तो सुझाव दिएका हुन । प्रत्येक वडामा एउटा नमुना विद्यालय स्थानपना गरि त्यसको सम्पुर्ण व्यवस्थापन जिम्मेवारी नगरपालिकाले लिनुपर्ने उनिहरुको जोड छ ।
परिच्छेद ९ को दफा ३४ मा विद्यालयमा आफ्ना बालबालिकालाई गुणस्तरीय अध्यापन गराउन शिक्षकहरुलाई दबाब दिन पाउनु, गुणस्तरीय शिक्षाको लागि सम्बन्धित निकायमा आवाज उठाउनु व्यवस्था गरिएको छ । साथै नगरपालिकाले लिएका शैक्षिक नीतिहरुलाई कार्यान्वयन गर्न गराउन सहयोग गर्नुपर्ने व्यवस्था छ । उता शिक्षकहरु ‘दबाव शब्दलाई हटाएर सुझाव सल्लाह भन्ने शब्द राख्नुपर्ने सुझाव दिएका छन ।
विद्येकमा रोजगार सिर्जना गर्नका लागि नगरपालिकाले सैद्धातिक शिक्षा भन्दा प्राविधिक शिक्षालाई प्रथामिकतादिनु पर्ने बताईएको छ । सामुदायिक विद्यालयबाट उत्र्तिण महिला, दलित, अपाङ्ग अल्पसंख्यक, गरिव जेहेन्दारलाई माध्यमिक तह तथा उच्चस्तरीय प्राविधिक शिक्षा अध्ययनको लागि निश्चित मापदण्ड बनाई छात्रवृत्ति दिने व्यवस्था ऐनमा उल्लेख गरिदिनु पर्ने बताईएको छ । साथै नगरको कला, साँस्कृतिक, इतिहाँस र कृषि, वन, वातावरण र जल तथा स्वरोजगार सजृनाको क्रियाकलापहरुको अनुसन्धान गर्न छात्र छात्राहरुका लागि छात्रवृत्तिका लागि मादडण्ड तयार गरिदिनुपर्ने बताईएको छ ।
नगर शिक्षा ऐनको परिच्छेद २ को (६) मा वडा शिक्षा समितिकोको व्यवस्था गरिदिनुपर्नेमा सहभागिहरुले जोड दिएका छन । नगर शिक्षा समितिलाई समावेसी बनाउनु पर्ने उनीहरुको सुझाव छ । साथै कार्यक्रमका सहभागिहरुले प्रदेश ऐन र संघिय ऐनसंग नबाझिने गरी मस्यौदा बनाउनमा सझाव दिएका छन ।
चामुण्डाविन्द्रासैनी नगरपालिका नगर–प्रमुख सूर्यबहादुर शाहीले शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि ऐन पास गर्न लागिएको जानकारी दिए । उनले शिक्षा ऐनलाई पास गरी आगामी वर्ष शैक्षिक क्रियाकलापमा सुधार ल्याउने प्रतिवद्धता जनाए । कार्यक्रमका सहभागिहरुले दिएका सुझावहरुलाई ऐनमा समावेश गर्ने उनले प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिति दैलेखका सदस्य गणेशकुमार शाहीले जिल्ला समन्वय समितिका अधिकार पनि विद्येयकमा उल्लेख गुर्नपर्ने सुझाव दिए । शिक्षा निमावली बनाउदा निजि तथा पि.सि.एफ शिक्षकको बारेमा प्रष्ट उल्लेख गर्न उनको सुझाव छ ।
सामाजिक विकास शाखाका संयोजक दिनेशबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा उप–प्रमुख ताराकुमारी शाही –खत्री) र निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक विक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया