सोसेकको प्रदेश कार्यालय स्थापना

सोसेकको प्रदेश कार्यालय स्थापना

दैलेख चैत २३ ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले कर्णाली प्रदेश कार्यालय स्थापना गरेको छ । कर्णालीको राजधानी विरेन्द्रनगर सुर्खेतमा प्रदेश कार्यालय स्थापना गरिएको हो ।

एईआएन लक्जेम्बर्गको सहयोग, गुराँस गाउँपालिकाको समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले राउटे परियोजना संचालनमा ल्याएको छ । संस्थाले राउटे परियोजना मार्फत सरकारले लिएको दिगो विकासका लक्षहरु परिपुर्ती गर्ने उदेश्य लिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष हीरासिंह थापाले जानकारी दिनुभयो ।

सरकारले तय गरेको दिगो विकासका लक्षहरु गुणस्तरिय शिक्षा, लैंगिक समानता, सबै ठाउँबाट सबै प्रकारका गरिबी अन्त्य, भोकमरीको अन्त्य, खाद्य सुरक्षा तथा उन्नत पोषणको सुनिश्चित गर्न परियोजना संचालन गरिएको अध्यक्ष थापाको भनाई छ ।

यस्तै सबै उमेर समुहका व्यक्तिका लागि स्वास्थ्य सुनिश्चितता गरि समुद्ध जीवन प्रवद्र्धन गर्ने, सबैलाई स्वच्छ पानी र सरसफाईको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिश्चित गर्ने लक्ष परियोजना लिएको छ । सोहि लक्ष पुरा गर्न संचालित राउटे परियोजनालाई व्यवस्थित गर्न प्रदेश स्तरमा कार्यालय स्थापना गरिएको उहाँको बताउनुभयो ।

प्रदेश राजधानीमा स्थापना गरिएको कार्यायले प्रदेश स्तरमा समन्वय गर्नेछ भने कार्यालयमा लोपोन्मुख राउटे समुदायले निर्माण गर्ने काठमा सामग्री प्रर्दशन तथा बिक्री वितरणका लागि राखिएको छ । कार्यालयमा फिरन्ते जाती राउटे समुदायले निर्माण गरेका काठका सामग्रीहरु राखिएका छन् भने ती सामग्रीको काठमाण्डौसम्म बजारीकरणका लागि समन्वय तथा सहयोग गर्ने बताइएको छ ।

प्रतिक्रिया