कालिकोटमा सेवा केन्द्र

कालिकोटमा सेवा केन्द्र

दैलेख चैत २३ ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले कालिकोटमा महिला तथा बालबालिका सेवा केन्द्र संचालनमा ल्याएको छ । एईआएन लक्जेम्बर्गको सहयोगमा दैलेख सदरमुकाम स्थित नारायण नगरपालिका–१ मा विगत तीन बर्ष देखि संचालन गरिरहेको महिला र बालबालिका केन्द्रको सेवा कालिकोटमा पनि विस्तार गरिएको हो ।

खडाचक्र नगरपालिका कालिकोटको स्विकृत र एईआएन लक्जेम्बगको सहयोगमा कालिकोटको सदरमुकाम मान्नमा केन्द्र स्थापना गरिएको सामाजिक सेवा केन्द (सोसेक) नेपाल दैलेखका अध्यक्ष हीरासिंह थापाले ज्वाला सन्देशलाई जानकारी दिनुभयो । केन्द्र संचालनका लागि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र कालिकोटको पलाँता गाउँपालिका तथा खडाचक्र नगरपालिकाले सहयोग गर्ने अध्यक्ष थापाले बताउनुभयो ।
जोखिममा परेका महिला तथा बालबालिकालाई उद्धार, राहत, मनोविमर्श परामर्श र पारिवारिक पुर्नमिलन गर्ने उदेश्य सहित केन्द्र संचालनमा ल्याइएको हो ।

केन्द्रले महिला तथा बालबालिकाहरुलाई आवश्यकता अनुसार आपत्तकालिन आवासीय सहयोगको साथै कानुनी परामर्श गरी कानुनी सहयोग उपलब्ध गराउने उदेश्य राखिएको बताइएको छ ।
अध्यक्ष थापाका अनुसार नेपाल सरकारले तय गरेको दिगो विकासका लक्षहरु गुणस्तरिय शिक्षा, लैंगिक समाजनता, सबै ठाउँबाट सबै प्रकारका गरिबी अन्त्य गर्ने लक्ष पुरा गर्ने उदेश्य केन्द्रले लिएको छ ।
‘स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरि सहयोग लिएर गरिब तथा जोखिममा रहेका महिलाहरुलाई उद्यमी बनाई आयआर्जनमा बृद्धि गरिनेछ,’ अध्यक्ष थापाले भन्नुभयो ‘महिला र बालबालिका विरुद्ध हुने सबै प्रकारका विभेद अन्त्य गर्ने र लंैगिक समानता सहित महिला बालबालिकालाई सशक्त बनाउने सरकारको लक्ष पुरा गर्ने उदेश्य केन्द्रले लिएको छ ।’ केन्द्रले महिला तथा बालबालिकाको आपत्तकालिन उद्धार, राहत, संरक्षण तथा पुर्नस्थापन सेवा प्रदान गर्ने उहाँले बताउनुभयो । केन्द्रले २४ सै घण्टा सेवा प्रदान गर्नेछ ।

प्रतिक्रिया