असिना पानीले प्रभावित गाउँहरु उजाड, छिन–छिनमा भक्कानिन्छन् पीडित
हिक्मत बहादुर नेपाली
दैलेख चैत २७ ।
‘दहि खानु दैवले लैगो, महि खानु हराई गो’ । हुन त यो पश्चिममेली लवजको पुरानो गित हो । तर यहि गीत यहाँका नागरिकका लागि वास्तविकतामा परिणत भएको छ । साठ्ठी बर्षीषा खडके वडले आफ्ना व्यथा सुनाउँदै गुनगुनाएको यो गीतले यहाँका नागरिकको कथा र व्यथा समेटेको छ । भित्¥याउने तरखरमा रहेको हिउँदे बाली शुक्रवार साँझ आएको असिना पानीले सखाप पारेपछि उहाँका नागरिकहरुलाई सहि नसक्नु पीडा बल्झिएको छ । सोमवार त्यहाँ पुग्दा गाउँमा केहि पनि बाँकी नरहेजस्तो उजाड देखिन्थ्यो । पहेलपुर गहुँबाली सबै ढलेका थिए । मानिसहरु मलिन अनुहारमा कहिले घर भित्र कहिले बाहिर गरिरहेका वा असिना पानीले नष्ट पारेको उजाड वारी हेरिरहेका थिए । असिना पानीले बाली स्वाहा पारेकाहरु राहतको लागि स्थानीय सरकारसँग हारगुहार गरिरहेका थिए । उनिहरु छिन छिनमा भक्कानिन्थे ।
हारगुहार गर्ने पीडित मध्येका एक थिए, खडके वड । बोल्ने वाक्य उनको मुहारमा थिएन् । गहभरी आँसु तप्प तप्प भुईमा खसाल्दै पिडा सुनाउँन उनि अघि सरे, एकैछिन रोकिए र भने ‘जेनतेन छ महिना खान पुग्ने गहुँ लगाएका थियौ, त्यो पनि असिनाले लग्यो, हामी अब के खाएर बाँच्ने ?’ यति भन्दा पनि उनका पीडा अझै सकिएका थिएनन् । ‘आफु मात्र भएको भए एक छाक टार्न मजदुरी गरेर खान्थे घरमा १७ जनाको परीवार छ,’ वड भन्छन् ‘तिनलाई म एक्लैले गरेको मजदुरीबाट कमाएको पैसाले खान लाउन पुग्दैन, साहुले पनि पत्याउँदैनन् ।’
उनि मात्रै होइन् यहाँकी जैसी नेपालीको पीडा पनि सहि नसक्नु छ । उनिमाथी आइपरेको विपत्तीले पीडा भरीएको मन र रुदा रुदा थाकेजस्तो मलिन अनुहार लिएर भनिन् ‘हाम्रो नाम पनि टिपेर लगिदिनुहोला सरकारले केही सहयोग गर्छ कि ।’ उनका पीडा सुनेपछि त्यहाँ पुगेका सबैका आँखा रसाए, गला अवरुद्ध भए । घरमा एक छोरा, बुहारी र नाति नातिनि रहेका नेपालीले भनिन्, ‘छोरा र बुहारी आफुबाट छुट्टिएर बसेका छन,् श्रीमान छैनन् ।’
यता चामुण्डाविन्द्रासैनी नगरपालिकाकी गौरा विकको व्यथा पनि उस्तै छ । यो वर्ष ५ महिनासम्म आफ्नै उत्पादनले पुग्नेमा उनि ढुक्क थिईन । समयमै पानी पर्दा गौराले लगाएका हिउँदे खेति विगतका वर्षको तुलनामा आशा लाग्दो थियो । ‘तीन महिनाको खाद्यको चामल किन्ने पैसा बचाएर यो साहुको ऋण तिर्ने योजना बनाएको थिए,’ उनि भन्छिन् ‘त्यो सपना चकनाचुर भयो ।’ ‘गाउँमा साहुको ऋण तिर्न बाँकी छ साँहुले उदारो चामल पत्याउदैनन् ।’ ‘वेसाह गरेर खाने ठाउँ छैन्, सबैले लगाएको हिउँदे खेती नष्ट गरिदियो,’ उनि भन्छिन् । यस्तै पीडा यहाँका सवै वडाका करिव ४ हजार घर धुरीमा परेको छ ।
असिना पानीले दैलेखको पश्चिम क्षेत्रमा पर्ने ठाटिकाध गाउँपालिका र चामुण्डाविन्द्रासैनि नगरपालिकामा लगाएको हिउँदे वाली नष्ट गरेपछि प्रभावित गाउँहरु उजाड भएका छन् भने पीडितहरु छिन छिनमा भक्कानिने गरेका छन् । ठूलो मात्रामा परेको असिना पानीले कृषकले लगाएका सवै वाली नष्ट गरेपछि यो क्षेत्रमा भोकमारी निम्तने खतरा बढेको छ । झण्डै ४० मिनेटसम्म लगातार परेको असिना पानीले कृषकले लगाएको गहुँ, बन्दा, सिमि, काउली लगाएतका वाली नष्ट गरेपछि भोकमारी सृजना हुनसक्ने स्थानीय बासीको भनाई छ । खाने अन्न नभएपछि असिना पानी पीडितहरु राहतको लागी हारगुहार गरेका छन् । ठाटीकाँध गाउँपालिका अध्यक्ष धिर बहादुर शाहीले पीडितलाई उचित राहत दिने आश्वासन दिएका छन् । दैलेख पश्चिममा पर्ने चामुण्डाबिन्द्रासैनी नगरपालिका र टाटीकाँध गाउँपालिकाकाले उपलब्ध गराएका जानकारी अनुसार प्राकृतिक विपत्तले करिव ३५ करोड बढीको क्षति भएको छ ।
जिल्लाभर क्षती
चामुण्डाबिन्द्रासैनी नगरपालिकाको वडा नं १ देखि ९ सम्मका सबै भागमा असिना पानीले पूर्णरुपमा क्षती गरेको छ । नगरपालिकाले क्षतिको बिवरण संकलन कार्य सुरु गरेको छ । ५० वर्ष पछि यति ठूलो असिना पानी आएको हो । करिव २ फिटसम्म जम्ने गरि असिना पर्दा गहुँको बाली नष्ट भएको स्थानीयले बताए । चामुण्डाबिन्द्रासैनी नगरपालिकाले बिज्ञप्ति जारी गर्दै सवैलाई धैर्य रहन आग्रह गरेको छ । बिवरण संकलन कार्यसँगै सहयोगका लागि बिभिन्न निकायहरुसँग आशा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विपत्तपछि टाँठीकाँध गाउँपालिका, चामुडाबिन्द्रासैनी नगरपालिका लगाएत पश्चिमका अधिकाँस क्षेत्रमा तरकारी, फलफुल, गहुँ, जौं, सवै नष्ट भएपछि गाउँपालिकाले प्रारम्भिक क्षतिको बिवरण निकालेका छन् । ठाँटीकाँध गाउँपालिकामा प्रारम्भिक २० करोडको क्षति भएको गाउँपालिकाकी उपाध्यक्ष सुस्मिता सिंहले जानकारी दिनुभयो ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकामा १५ करोड बढीको क्षति भएको प्रारम्भिक बिवरण आएको नगर प्रमुख सुर्यबहादुर शाहीले बताउनुभयो । किसानहरुको क्षति भएको कुरालाई व्यवस्थापन गर्न स्थानीय सरकारको मातहतमा नभएकोले प्रदेश र केन्द्र सरकारले यसवारे ठोस कार्य अगाडी बढाउन माग गर्दै स्थानीय सरकारले अपिल गरेको छ । यता दुल्लु नगरपालिकाका वडा नं २, ३ र ९ मा बालीनाली, बोटबिरुवा र घरका छानामा पूरै क्षति पुगेको छ । आठबीस नगरपालिका वडा नं ९ मा पनि हुरी र असिनाले पूर्ण क्षति पु¥याएको छ । गुराँस गाउँपालिकाका १, २ र ३ मा पूर्ण र वडा नं ४ मा पनि आंशिक क्षति पुगेको छ । बाँकी विवरण संकलन भईरहेको प्रभावित क्षेत्रका स्थानीय तहले जानकारी दिएका छन् ।
६ करोडको तरकारीमा क्षती
ठाँटीकाँध गाउँपालिकामा किसानहरुले उत्पादन गरेको तरकारी बाली पुर्णरुपमा क्षति भएको छ । बन्दा, काउली, लसुन, प्याज, लगायतका तरकारी बालीसँगै बर्षातको बेलामा फल्ने अवस्थामा रहेको फर्सी, चिचिन्ना लगायत सवै बाली मारेपछि किसानहरुको आर्थिक उपार्जनको महत्वपूर्ण पाटो बन्द भएको छ । ठाँटीकाँध गाउँपालिकामा मात्रै ६ करोड बरावरको तरकारी बाली नष्ट भएको छ गाउँपालिकाकी उपाध्यक्ष सुस्मीता सिंह जानकारी दिनुभयो । किसानहरुले घरमा भित्राउने अवस्थामा रहेको गहुँबाली सँगै अन्य हिउँदे बाली नष्ट भएपछि यसको क्षतिपूर्ति र अन्य व्यवस्थापन गर्न स्थानीय सरकार नसक्ने भएकोले प्रदेश र केन्द्र सरकारले पहल थाल्नुपर्ने ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले बताउनुभयो । ‘हामी स्थानीय सरकारले गर्न सक्ने त गरौंला तर गाँस मानिसको सवैभन्दा ठूलो बिषय भएकोले यसको थप व्यवस्थापनका लागि सरकारले पहल गर्नुपर्दछ,’ अध्यक्ष शाहीले भन्नुभयो ‘ठाटीकाँधमा रहेको खाद्य डिपो तत्कालिन द्धन्द्धका बेलामा बिस्थापित भएकोले पुर्नसंचालनका लागि सरकारल पहल थाल्नुपर्छ ।’
सांसदद्धारा राहतको माग
दैलेखमा असिना पानीले भएको ठुलो क्षतीको तत्काल राहतका लागि प्रतिनीधि सभा र प्रदेश सभा सांसदले माग गरेका छन् । प्रतिनीधि सभा सदस्य राज बहादुर बुढाले दैलेखको ईतिहासमै पहिलो पटक सबैभन्दा ठुलो हुरिवतास र असिना पानी प्रभावित परिवारलाई राहतको व्यवस्था गर्न संघीय,प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्नुभएको छ । प्रतिनीधि सभा सदस्य पार्वती कुमारी विशुन्केले जिल्लामा भएको क्षतीप्रति दुःख व्यक्त गर्दै तत्काल राहतको व्यवस्था गर्न आग्रह गर्नुभएको छ । कर्णाली प्रदेश सभामा दैलेखबाट प्रतिनिधित्व गर्ने सांसद सुशिल कुमार थापा, मिनासिंह रखाल र हिम बहादुर शाहीले पनि असिना पानी पीडितलाई राहत उपलब्ध गराउन माग गरेका छन् । प्र्रदेश सभाको आइतवार बसेको हिउँदे अधिवेशनको दशौं बैठकको विशेष समयमा सांसदहरूले २४ घण्टाभित्र अनुगमन समिति गठन गरी क्षतिपूर्तिको घोषणा गर्न माग गरेका हुन् । हावाहुरी र असिनापानीले करोडौं क्षती पु¥याएको भन्दै राहत तथा क्षतिपूर्ति दिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया