जातीय समस्या पुरातन कुसचल

जातीय समस्या पुरातन कुसचल

दैलेख- महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले जातीय विभेद तथा छुवाछूत पुरातन कुचलन भएको बताउनुभएको छ ।
महाबु गाउँपालिका वडा नं। ६ वडा कार्यालयले आज एकपाटेमा आयोजना गरेको छाउपडी र जातीय विभेद विरुद्ध सचेतना कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो ।
महिनावारीको समयमा सरसफाईलाई बढी ध्यान दिनु पर्ने गाउँपालिका अध्यक्ष शाहीले सुझाव दिनुभयो ।
त्यसबखत अधिकारकर्मी पत्रकार अमर सुनारले जातीय विभेद हटाउन गैरदलित समुदायको सहयोग र सद्भाव बढी प्रभावकारी हुने बताउनुभयो ।
महाबु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश दशौदीले देउता र पाकापुरानाका कारण महिनावारीको बेला महिलाहरु विभेद भोग्नु परेको समस्या दर्शाउनुभयो ।
महाबु गाउँपालिका वडा नं। ६ का वडाध्यक्ष डम्वरबहादुर तारामीकोे अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य दलबहादुर बिक, नासु गोविन्द थापा, अधिकारकर्मी जयबहादुर बिक र पत्रकार भरत अधिकारीले पनि बोल्नुभएको थियो । त्यसबखत खुला छलफल भएको थियोे ।

प्रतिक्रिया