जनप्रतिनीधि र स्वास्थ्यकर्मीलाई सेनेटरी प्याड बनाउने तालिम

जनप्रतिनीधि र स्वास्थ्यकर्मीलाई   सेनेटरी प्याड बनाउने तालिम

दैलेख वैशाख ९ गते ।
दैलेखको दुल्लु नगरपालिका वडा नं. ८ का जनप्रतिनीधि, महिला स्वास्थ्य स्ंयमसेवीका र स्वास्थ्य चौकीका इन्चार्जहरुलाई सेनेटरी प्याड बनाउने तरिका सिकाईएको छ । यहाँका वडाध्यक्ष, वडासदस्य, महिला स्वास्थ्य स्ंयमसेवीका र स्वास्थ्य चौकीका इन्चार्जलाई सेनेटरी प्याड (महिनावारीका समयमा प्रयोग गरिने विशेष कपडा) बनाउन सिकाईएको हो ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा संचालित एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमद्धारा आयोजित गाउँ स्वच्छता शिक्षा सहजकर्ता अभिमुखीकरणमा सेनेटरी प्याड बनाउन सिकाउनुका साथै सुरक्षित महिनावारीका बारेमा समेत अभिमुखिकरण गरिएको एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमका सामुदायिक सहजकर्ता ललिता कुमारी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका पुरुषहरुले समेत प्याड बनाउन सिकेका छन् ।

दुई दिने तालिममा पूर्ण सरसफाईका (५+१) का सूचक सम्बन्धि जानकारी, खानेपानी शुद्धिकरणका विधिहरु, फिल्टर जडान गर्ने तरिका, साक्षरता कक्षा संचालनका प्रक्रियाबारे प्रयोगात्मक कक्षा संचालन गरिएको थियो । सोहि अबसरमा व्यक्तिगत, सामुदायिक र वातावरणीय सरसफाईका क्षेत्रबारे तालिम दिइएको छ । तालिममा वडाध्यक्ष टिकाराम थापा, स्वास्थ्य चौकी इन्चार्ज धुर्व कुमार रिजाल, महिला स्वयंम सेविका पुष्पा विक, दुर्गा भण्डारी लगाएत २५ जनाको सहभागिता रहेको भण्डारीले जानकारी दिनुभयो ।

सोहि अवसरमा वडाध्यक्ष टिकाराम थापाले वडाका किशोरी र महिलाहरुलाई बजारमा पाइने सेनेटरी प्याड भन्दा घरेलु प्याड बनाएर प्रयोग गर्न आग्रह गर्नुभयो । तालिमको सहजिकरण सामुदायिक सहजकर्ता ललिता कुमारी भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया