असिनापीडित कृषकका समस्या बुझ्दै सांसद

असिनापीडित कृषकका समस्या बुझ्दै सांसद

दैलेख वैशाख १० गते ।
प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्केले हावाहुरी तथा असिनापानीले गहुँ बाली र तरकारी खेतीमा पु¥याएको क्षतिप्रति कृषकहरुलाई भेटेर सहानुभूती जनाउनुभएको छ । चैतको अन्तिम साता र आइतवार आएको असिनाले पु¥याएको क्षति बारे अवस्था बुझ्न मंगलवार लालीकाँडाको गर्चा पुग्नुभएकी साँसद बिशुन्केले कृषकहरुलाई सहानुभूती जनाउनुभएको हो ।


कृषकहरुको माग सुनेपछि गर्चामा असिनापानीले पु¥याएको क्षतिको राहत सहयोग, उन्नत कृषि प्रविधि, सिचाईंको सुविधा, शाखा सडकहरुको स्तरोन्नति र गाउँमा बिद्युतीकरणका निम्ति केन्द्र र प्रदेश सरकारसंग सहजीकरण गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
त्यसबखत गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले स्थानीय स्तरबाट गर्न सकिने ससाना विकास कार्यक्रमका लागि गाउँपालिका तयार रहेको बताउदै ठूला विकास कार्यक्रमका लागि केन्द्र सरकारसंग पहल गरिदिन साँसद बिशुन्केसंग आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपाका कर्णाली प्रदेश सदस्य मयाराम अधिकारीले असिनापानी वा यस्ता अरु किसिमका प्राकृतिक प्रकोपबाट पीडितहरुलाई राहत सहयोग गर्न स्थानीय सरकारले राहत कोष स्थापना गर्न सुझाव दिनुभयो ।
गुराँस गाउँपालिकाका वडा नं. ८ का वडाध्यक्ष पूर्णबहादुर ओली, स्थानीय समाजसेबीहरु कर्णबहादुर खड्का र प्रेमबहादुर खड्काले पटकपटकको हावाहुरी र असिनापानीले तरकारी खेती र गहुबालीमा पु¥याएको क्षति र सरकारको दायित्व बारे ध्यानार्षण गराउनुभएको थियो ।

प्रतिक्रिया