‘बालविवाह न्यूनिकरणःबन्छौ जिम्मेवार अभिभावक’

‘बालविवाह न्यूनिकरणःबन्छौ जिम्मेवार अभिभावक’

दैलेख वैशाख १० गते ।
दैलेखको नारायण नगरपालिका वडा नं. ९ की सपनाको (नाम परिवर्तन) कक्षा ८ मा पढ्दा पढ्दै विवाह भयो । १८ बर्ष हुँदा विवाह गरेकी उनले विवाह पछि विद्यालय जानबाट बञ्चित भइन् । ‘विवाह पछि पढ्न जाने चाहाना हुँदा हुँदै विद्यालय जानबाट बञ्चित भएँ’ गहभरी आँसु पार्दै विगत सम्झिएर उनले भनिन् ‘सासुले अरुका बुहारीहरुले चुलो चौको गरिसके, मेरी बुहारी झोला बोकेर स्कुल जान्छे, सुःख पाउँला भनेर छोराको विवाह गरियो झनै दुःख हुने भयो भन्दै कराउन थालेपछि स्कुलनै जान छोडिदिएँ ।’

‘स्कुल जान्छु भन्दा सासुले जान दिनुभएन्, म संगैका साथीहरु अधिकृत (सरकारी जागिरे) भईसके, म भने घरको चुलो चौकोमै सिसित भएँ,’ उनले भनिन् । उनि अहिले ३० बर्ष पुगिन् । यहाँका एक बाल विकासको शिक्षिका समेत रहेकी उनका २ छोरा छन् । श्रीमान सरकारी जागिरे छन् तर पनि आफ्नो सानैमा विवाह भएपछि प्रगती गर्न नसकेका भन्दै उनि अहिले पनि पछुताउँछिन् । मंगलवार उनकै गाउँमा आयोजीत बाल विवाह, छाउपडी प्रर्था र १०९८ बाल हेल्पलाइन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा खुलेरै भनिन ‘बाल विवाह न्यूनिकरण गर्न जिम्मेवार अभिभावक बन्छौ ।’ कार्यक्रममा उनले सहभागि सबैलाई आफ्नो गाउँ टोलमा हुने बाल विवाह न्यूनिकरण गर्न आग्रह गरिन । सोहि अबसरमा उनि जस्तै यहाँका अभिभावक महिलाहरुले समाजमा हुने बाल विवाह न्यूनिकरण गर्न जिम्मेवार अभिभावक बन्ने प्रतिबद्धता जनाएका छन् ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र जिल्ला प्रहरी कार्यालय दैलेखको संयुक्त आयोजना, नारायण नगरपालिका वडा नंं ९ को लैंगिक हिंसा संजाल समितिको समन्वय, एईआएन लक्जेम्बर्ग र बाल हेल्पलाइन १०९८ दैलेखको आर्थीक सहयोगमा मौल डाँडामा आयोजित उक्त कार्यक्रमका सहभागिले समाजमा हुने बाल विवाह न्यूनिकरणमा जिम्मेवार अभिभावक बन्ने बताएका हुन् । यहाँका जनप्रतिनीधि सहितको उपस्थितीमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक प्रेम बहादुर क्षेत्रीले बाल विवाहबारे कानुन प्रावधान तथा बाल विवाह न्यूनिकरणको उपाएबारे सहभागिलाई जानकारी गराएका थिए । उनले बाल विवाहबाट हुने असरबारे पनि जानकारी गराएका थिए ।
कार्यक्रममा बाल हेल्पलाइन १०९८ दैलेखका मनोविमर्शकर्ता निर्मला बुढाले बाल विवाह, छाउपडी प्रर्था र बाल हेल्पलाइन १०९८ बारे जानकारी गराएकी थिइन् । सोहि अबसरमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालकी सजना सुनारले खुला छलफलको सहजिकरण गरेकी थिइन् । उनले बाल विवाह र अभिभावकको जिम्मेवारीबारे विषय सान्दर्भीक घटना (कथा)ं बाट खुला छलफल सुरु गरि बाल विवाहबाट हुने हानी नोक्सानी, कारण र समाधानका उपाए सहित बाल विवाह न्यूनिकरण गर्नका लागि असल अभिभावकको भूमिका निर्वाह गर्न सहभागिलाई उत्प्रेरित गर्दै उनिहरुलाई प्रतिबद्ध गराएकी थिइन् ।

प्रतिक्रिया