सिलाई कटाई टेलर्स संगठनको दैलेख जिल्ला स्तरीय भेला

सिलाई कटाई टेलर्स संगठनको दैलेख जिल्ला स्तरीय भेला

दैलेख वैशाख ११ गते ।
सिलाई कटाई टेलर्स संगठनको दैलेख जिल्ला स्तरीय भेला दैलेख सदरमुकाममा सम्पन्न भएको छ । दैलेख जिल्लाभरी छरिएर रहेका सिलाई कटाई टेलर्स व्यवसायीहरु मंगलवार दैलेख सदरमुकाममा भेला भएका थिए । ‘जहाँ श्रम र सिपको सम्मान हुन्छ, त्यहाँको समाज र समुदाय विकसित बन्छ’ भन्ने मुल नारा सहित आयोजित भेलाले परम्परागत पेशालाई मर्यादित तथा सुरक्षित बनाउने बिषयमा छलफल गरेको बताइएको छ ।
भेलालाई सम्बोधन गर्नुहुँदै नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्न बहादुर खड्काले सिलाई कटाई टेलर्स व्यवसायीहरुको परम्परागत पेशालाई सुरक्षित गर्न नारायण नगरपालिकाले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनुभएको छ । उहाँले व्यवसायीहरुलाई एकिकृत हुन आग्रह गर्दैै व्यवसायलाई व्यवस्थित बनाउन बजेट विजियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सिलाई कटाई टेलर्स संगठन कर्णाली प्रदेश अध्यक्ष चन्द्रबहादुर नेपालीले संघीय संरचना अनुसार कर्णालीका १० वटै जिल्लामा संगठन विस्तार गरिने बताउनुभयो । उहाँले परम्परागत पेशालाई परिमार्जन र आधुनिकीकरण गर्दै जानुपर्ने बताउनुभयो । सिलाई कटाई पेशालाई अझ व्यवसायीक र नाफामुखी बनाउन व्यवसायीहरुलाई समय अनुसारको तालिमको आवश्यकता औल्याउनुभयो ।
भिम बहादुर नेपालीको अध्यक्षतामा भएको भेलामा संगठनका कर्णाली प्रदेश महासचिव पाण्डव परियार, सुर्खेत जिल्ला अध्यक्ष नरेन्द्र नेपाली, कर्णाली प्रदेश सल्लाहकार अस्मान शाही लगायत सहभागि थिए ।

यसैबिच सिलाई कटाई टेलर्स संगठन दैलेख जिल्ला भेला तथा अधिवेशनले नयाँ जिल्ला स्तरीय कार्यसमिति चयन गरेको छ । अधिवेशनले बम बहादुर नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको प्रथम उपाध्यक्षमा जीत बहादुर नेपाली, द्धितिय उपाध्यक्षमा गंगा नेपाली, तृतिय उपाध्यक्षमा रमेश परियार, सचिवमा राजेश नेपाली, सहसचिवमा गीता नेपाली र कोषाध्यक्षमा तारा नेपाली चयन भएका छन । यस्तै सदस्यहरुमा बम्मे नेपाली, नन्द नेपाली, तिर्थ बहादुर नेपाली, भक्त बहादुर नेपाली, सरुपा नेपाली, गोपाल नेपाली र किसान परियारलाई चयन गरिएको छ ।

प्रतिक्रिया