घरेलु हतियार वनाउने पेशा पलायन

घरेलु हतियार वनाउने पेशा पलायन

ज्वाला सन्देश सम्वाददाता
दैलेख कात्तिक ३ – पुर्खाहरुदेखी बनाउँदै आएको परम्परागत घरेलु हतियार बनाउने पेशा पलायत हुने अवस्थमा पुगेको छ । बजार अभाव, मुल्य कम हुँदा घरेलु आरनमा कामी जातका समुदायद्धारा बनाउँदै आएको आँसी, वन्चरो,खुकुरी, तरवार लगायत हतियार बनाउने पेशा लोप हुन थालेको हो ।

आरनमा घरेलु हतियार बनाउँदै जीतबहादुर
आरनमा घरेलु हतियार बनाउँदै जीतबहादुर

विशेष गरी कामी जातीले बनाउने यस्ता शिपमुलक घरेलु हतियार बनाउने पेशा घरका लागि बजारमा यस्ता किसिमका हतियार पाईने भएकाले लोप हुन थालेको हो । बनाउन निकै मेहेनत र समय लाग्ने भएपनि हिजोआज पनि पुरानै मुल्यमा घरेलु हतियार खोज्नुले नाफा नहुँने भएकाले यस्ता किसिमका हतियार बनाउन तर्फ आर्कषण नभएका कारण पेशा नै परिवर्तनसम्म गर्नुपरेको उनीहरु बताउँछन् । तोली गाविसका जीतवहादुर कामीले आफ्नो वुवासंग घरेलु हतियार बनाउन सिकेपछि मेहेनत अनुसार मूल्य नपाउँदा निराश हुने गरेको बताउँछन् । łदिनभर आँगोसंग खेलेर आँसी, कोदालो, बन्चरो, खुकुरी लगायत हतियार बनाए पनि मूल्य राम्रो पाईदैन् । जीतबहादुरले भने, अन्य पेशाबाटै घर खर्च चलाउन सजिलो हुने भएकाले धेरैले यो पेशा छाडिसके ।
बावुको पालामा यसै पेशाबाट परिवारको पेट भर्ने गरेको भएपनि हिजोआज निकै गाह्रो हुने गरेको जीतबहादुरले बताए । łपहिलेपहिले बालीघरे प्रथा थियो । उनले भने, गाँउभरीका घरहरुको कोदालो, आँसी, बन्चरो आदि बनाए बापत वर्षभरी खाने अन्न दिर्थे । अहिले अन्न पनि उब्जनी हुने छाड्यो । बालीघरे रुपमा काम गर्दा घाटा हुने भएकाले पहिलेदेखी नै छाडिसक्यो तर पैसा पनि भनेजति नदिदाँ कहिलेकाही त पेशा नै परिवर्तन गर्नुपर्ने अवस्थामा पुग्ने सोच्ने गरेको जीतबहादुरले बताए ।
उनले एउटाको मुल्य ८० रुपैँयादेखी ३ सय सम्म विक्रि गर्नुपर्ने बाध्यता रहेको बताए । घरेलु हतियार बनाउन निकै दुख हुने भएपनि बजारमा राम्रो मुल्य पाउन नसक्दा कहिले काँही त दिक्क लाग्ने उनले दुखेसो गरे । बाजेबुवाकादेखी नै यो पेशा धान्दै आएकाले अव गाँउमा गर्ने कोही नभएकाले ब्यवसायकै रुपमा गर्ने सोच जीतबहादुरको नभएको भने होईन् । तर, आवश्यक पुँजीको अभावमा गाँउमै सानोतिनो रुपमा आरनबाट घरेलु हतियार बनाउने गरेपनि अवका दिनमा ऋण लिएरै भएपनि ब्यवसायकै रुपमा आफ्ना सन्तानलाई यो पेशा सिकाउने सोचमा उनी छन् । बजारको खोजी गरेर आफ्नो पेशालाई जोगाँउने सोच जीतबहादुरमा रहेको छ । अव आफ्ना सन्तानलाई घरेलु हतियार बनाउने पेशा सिकाएर ब्यवसायकै रुपमा लग्गने सोच छ उनले भने, सवैबाट सहयोगमा अपेक्षा गरेको छु ।

प्रतिक्रिया