मातातीर्थ औँशीमा बृद्धबृद्धालाई भोजन

मातातीर्थ औँशीमा बृद्धबृद्धालाई भोजन

दैलेख वैशाख २२।
आमाको माया र त्यागको संस्मरण गर्दै आमाको सम्मान गर्ने दिनको रुपमा रहेको मातातीर्थ औँशीको अबसरमा बृद्धबृद्धालाई सामूहिक भोजन गराईएको छ । दैलेखको सरस्वती मन्दिर व्यवस्थापन समितिद्धारा हरेक दिन शनिवार संचालन गरिने दिवा भोजन तथा सत्संग कार्यक्रम अन्तरगर्त बृद्धबृद्धालाई सामूहिक भोजन गराईएको हो । काठमाण्डौ घरभई हाल दैलेख बस्दै आउनुभएकी रोजीना कार्कीले बुद्धबृद्धालाई भोजन गराउनुका साथै फलफुल वितरण गर्नुभएको हो । पञ्चकोशी खबरसँग कुरा गर्दै कार्कीले भन्नुभयो ‘मातातीर्थ औँशीको अबसरमा पारेर बृद्धबृद्धालाई भोजनका लागि फलफुल वितरण गरेको हुँ ।’
यस्तै शनिवार परेको मातातीर्थ औँशी (आमाको मुख हेर्ने दिन) को अवसर पारी विविध सत्संग कार्यक्रम समेत गरिएको छ । सो कार्यक्रमको अवसरमा समितिका अध्यक्ष सरस्वती श्रेष्ठले सम्पूर्णमा सु–स्वास्थ्य दिर्घायुको कामना गर्नु भएको थियो । समाजमा दिनप्रतिदिन परिवर्तन हुँदै गएको बताउँदै जेष्ठ नागरिक संघ दैलेखका अध्यक्ष वीरबहादुर भण्डारीले घरमा छोराछोरीहरु भएतापनि बृद्धबृद्धाहरु बाध्यताले बृद्धाश्रम जानुपर्ने बाध्यता रहेको बताउनुभयो । दैलेख जिल्लामा एउटा मात्र बृद्धाश्रम भएको र त्यसको पनि प्राप्त सेवा सुविधा नभएकोले आफूहरुलाई कार्यक्रम संचालन देखि अन्य कार्यको लागि असहज भएको समस्या भएको उहाँको भनाई छ । सोहि अबसरमा जिल्लामा क्रियाशिल संचारकर्मीहरुले बृद्धाआश्रमलाई केही सहयोग पुगोस भन्ने उदेश्यले आर्थिक सहयोग समेत गरेका थिए ।

प्रतिक्रिया