महिनावारी स्वच्छता सम्बन्धि तालिम

महिनावारी स्वच्छता सम्बन्धि तालिम

दैलेख वैशाख २४ गते ।
दैलेखको भगवतीमाई गाउँपालिकामा पूर्ण सरसफाई तथा महिनावारी स्वच्द्धता सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । भगवतीमाई गाउँपालिका,ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थीक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरणमा तालिम संचालन गरिएको थियो । गाउँपालिकाका महिला स्वास्थ्य स्ंयमसेवीका, वडामा निर्वाचित महिला सदस्य र गाउँपालिकामा कार्यरत महिला कर्मचारीहरुलाई तालिम प्रदान गरिएको परियोजनाका फिल्ड संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

तालिम समापन कार्यक्रममा भगवतीमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले तालिममा सिकेका विषयहरु समुदाय स्तरमा लागु गर्न सहभागीलाई आग्रह गर्नुभयो । समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष, निमित्त प्रमुख प्रशासकिय अधिकृत भिम बहादुर बुढा, स्वास्थ्य शाखा संयोजक नगेन्द्र बहादुर हमाल, जलस्रोत अधिकृत प्रकाश थापा, स्वास्थ्य प्रबद्र्धक खगिसरा थापा लगाएत सहभागि थिए । तालिमको सहजिकरण ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना बानी व्यवहार परिवर्तन अधिकृत मञ्जु भट्टले गर्नुभएको थियो । दुई दिने तालिममा २९ जनाको सहभािगतामा रहेको बताईएको छ ।

प्रतिक्रिया