दलित जनप्रतिनीधिलाई तालिम

दलित जनप्रतिनीधिलाई तालिम

दैलेख वैशाख २५ गते ।

दलित समुदायबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिहरुले तालिम लिएका छन् । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको सहयोग, जिसस दैलेखको आयोजना र दलित जागरण केन्द्रको सहकार्यमा दैलेखका ११ वटै स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनीधिहरुलाई तीन दिने क्षमता विकास तालिम लिएका हुन् । संघीय संरचना कार्यान्वयनका लागि दलित समुदायबाट स्थानीय तहमा प्रतिनीधित्व गर्ने जनप्रतिनीधिहरुको क्षमता विकास गर्ने उदेश्य सहित तालिम संचालन गरिएको थियो । तालिममा दलित जनप्रतिनीधिलाई नगरसभा र गाउँपालिका तथा कार्यपालिका बैठकमा प्रभावकारी उपस्थिती, स्थानीय तहमा प्रशासनिक जिम्मेवारी लगाएतका विषयमा अभिमुखिमरण गरिएको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले बताउनुभयो ।
प्रमुख थापाले दलित समुदायबाट निर्वाचित जनप्रतिनीधिहरुलाई सशक्त हुनुपर्ने बताउनुभयो । ‘स्थानीय तहका प्रमुख उपप्रमुख वडाध्यक्ष, कर्मचारीलेहरुले गलत कार्य गरेमा खबरदारी गर्नुहोस्,’ प्रमुख थापाले भन्नुभयो ‘तपाई जनप्रतिनीधिहरुको क्षमता विकास नभएसम्म अन्य समुदायको क्षमता विकास हुन सक्दैन् ।’
तालिम अवधीभर दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा, जिल्ला सरकारी वकिल, पदम सापकोटा, रमा श्रेष्ठ, अमर सुनार लगाएतले दलित जनप्रतिनीधिहरुलाई अभिमुखिकरण गर्नुभएकोे थियो । दैलेख जिल्लाका ११ वटा स्थानीय तहका नगर तथा गाउँसभामा ३२ जना सदस्य, ९० वटै वडामा निर्वाचित दलित महिला सदस्य, १८ जना खुला सदस्य र २ जना वडाध्यक्ष गरि १४२ जना दलित समुदायबाट निर्वाचित जनप्रतिनीधि छन् ।

प्रतिक्रिया